Comments Add Comment

भारतीय राष्ट्रपति मुखर्जी पोखरा पनि जाने

pranab-mukherjee

११ कात्तिक, काठमाडौं । भारतले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणबारे औपचारिक जानकारी गराएको छ ।

विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले मुखर्जी १७ गते तीन दिने नेपाल भ्रमणमा आउने जानकारी दिए । यो पछिल्लो १८ वर्षमा भारतीय राष्ट्रपतिको पहिलो नेपाल भ्रमण हुनेछ ।

भ्रमणका क्रममा मुखर्जीले नेपाली समाकक्षी विद्या भण्डारीका साथै प्रधानमन्त्री प्रचण्ड र प्रमुख दलका नेताहरुलाई भेट्नेछन् ।

साथै उनले जनकपुर र पोखराको भ्रमण गर्ने कार्यक्रम छ । यो भ्रमणले भारतले नेपालसँगको सम्वन्धलाई कति महत्व दिएको छ भन्ने प्रष्ट हुने स्वरुपले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment