Comments Add Comment

नेपाल–भारत संयुक्त आयोगको बैठक सकियो, केके भयो सहमति ?

nepal-ind-joint-commission

११ कात्तिक, काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा दुईपक्षीय विकासका परियोजनाहरुको अनुगमन गर्न बनेको संयन्त्रको बैठक एक महिनाभित्र गर्ने सहमति भएको छ ।

बिहीबार दिल्लीमा सम्पन्न बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेतृत्व गरेका थिए भने भारतको तर्फबाट परराष्ट्र राज्यमन्त्री एमजे अकबरले गरेका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिरामी भएपछि विदेश राज्यमन्त्रीले बैठकमा सहभागिता जनाएका थिए ।

२३ वर्षसम्म बस्न नसकेको नेपाल–भारत संयुक्त आयोगको बैठक दुई वर्षअघि काठमाडौंमा भएको थियो । उक्त बैठक लगत्तै २६ बुँदे संयुक्त वक्तव्य जारी भएको भएको थियो ।

तर, अहिले संयुक्त वक्तव्य आएको छैन । परराष्ट मन्त्रालयले भने विज्ञप्ति जारी गरेको छ ।

बैठकमा विशेषत महाकाली रोड, पुल, सिंचाईको डिपिआरलाई सकेसम्म छिटो अन्तिम रुप दिने सहमति भएको छ ।  हुलाकी रोडको पहिलो चरणको निर्माण कार्यलाई सकेसम्म छिटो सक्ने र दोस्रो चरणको निर्माण कार्य सुरु गर्ने सहमति भएको छ । पञ्चेश्वर परियोजनाको संयुक्त डिपिआरलाई सकेसम्म छिटो अन्तिमरुप दिने सहमति समेत भएको विज्ञप्तिमा उल्लेख छ ।

क्रस बोर्डर रेलवे लिंक बिराटनगर-जोगबनी र बर्दिबास-बिजलपुरा-जयनगरलार्इ छिट्टै पुरा गर्ने र थप तीन रेलवे परियोजनाको काम सुरू गर्ने सहमति भएको छ । जसमा नेपालगञ्ज-नेपालगञ्ज रोड, काकडभिट्टा-नयाँ जलपाइगुरी र भैरहवा-नौतनवा रहेका छ्न् ।

बैठकमा नेपालले भारतमा सामान निर्यात गर्दा भोगेका समस्याहरु थप ड्युटी शुल्क तथा गुणस्तरका विषयहरु उठाएको छ। समानहरुको गुणस्तर नापजाँच गर्नका लागि दुई देशीय संयन्त्र बनाउने र त्यसको एमओयुलाई छिट्टै अन्तिमरुप दिने सहमति गरेको छ ।

बैठकमा नेपालले विद्युत व्यापार सम्झौता अनुसार नेपालबाट भारतमा विद्युत आयात गर्नका लागि विभिन्न कानुनी समस्याहरु रहेकाले त्यसलाई तत्काल सम्बोधन गर्न आग्रह गरेको थियो । जवाफमा भारतीय पक्षले त्यस्ता कानुनी अड्चनलाई छिटो समाधान गर्ने आवश्वासन दिएको छ ।

नेपालले भारतले सीमानाका एकतर्फीरुपमा बनाएको सडकका कारण नेपाली भू-भागमा डुवानमा परेका विषयमा पनि उठाएको र समस्या समाधानका लागि दुबै देशका पदाधिकारी सम्मिलित अनुगमन संयन्त्र बनाउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अर्को बैठक नेपालमा हुनेछ । तर, समय भने सहमतिमा तय हुनेभारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बताए । उनले बैठकले महत्वपूर्ण उपलब्धि गरेको प्रतिक्रिया दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment