Comments Add Comment

सुरक्षा निकायले हेटौंडा कपडा उद्योग चलाउने

१२ कात्तिक, काठमडौं । सरकारले तीनवटा सुरक्षा निकायसँग मिलेर हेटौंडा कपडा उद्योग पुन सञ्चालन गर्ने भएको
छ ।

Hetauda-Kapada-Udhyogउद्योगविगत १६ वर्षदेखि पूर्ण रुपमा बन्द छ । उद्योग राजनीतिक हस्तक्षेपको सिकार भएको थियो ।  अक्षम व्यवस्थापानका कारण उद्योग घाटामा गएपछि २०५७ सालदेखि बन्द गरिएको हो ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकार, सशस्त्र प्रहरी, सेना र प्रहरीको २५/२५ प्रतिशत सेयर लगानी गरी उद्योग सञ्चालन गर्न लागिएको जानकारी दिएको आजको अन्नपूर्णमा समाचार छ ।

उनका अनुसार बन्द उद्योग सञ्चालनका लागि तीनवटै सुरक्षा निकायले सहमति जनाइसकेका छन् । उद्योग सञ्चालन गर्न पहिलो चरणमा १० करोड रुपैयाँ लगानी गरिने भएको छ ।

दोस्रो चरणमा उद्योगको कोष २५ करोड रुपैयाँसम्म पुर्‍याउने लक्ष राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment