Comments Add Comment

रत्नपार्क र पुतलीसडक सबैभन्दा धेरै प्रदूषित

dhulo_ktm (11)१२ कात्तिक, काठमाडौं । राजधानीको रत्नपार्क र पुतलीसडक क्षेत्र सबैभन्दा धेरै प्रदूषित छन् । वातावरण विभागले राखेको वायु प्रदूषण मापन केन्द्रको तथ्यांकले यी क्षेत्रमा सबैभन्दा धेरै प्रदूषण देखाएको हो । दुवै क्षेत्र सवारीसाधनको अत्यधिक चाप हुने  स्थान हो ।

सामान्यतः एउटा मापन केन्द्रले १० किलोमिटर क्षेत्रसम्मको वायुको अवस्थाको अध्ययन गर्न सक्छ । प्रदूषण सन्तुलनमा हुन एक सय २० क्युबिक हुनुपर्दछ । तर, रत्नपार्क क्षेत्रमा प्रदूषण एक हजार चार सय चार क्युबिकसम्म पुगेको छ ।

पुतलीसडकमा तीन सय पाँच दशमलव दुई क्युबिक प्रदूषण रहेको छ । जुन निकै बढी हो । भक्तपुर क्षेत्रमा एक सय ४० दशमलव ३५ क्युबिक कम प्रदूषण हुने गरेको छ । तर, कीर्तिपुर र मच्छेगाउँ क्षेत्रमा ६० दशमलव ३३ क्युबिक प्रदूषणरहित रहेको अाजको नयाँ पत्रिकामा समाचार छ ।

वातावरण विभागले ललितपुरको पुल्चोक, काभ्रेको धुलिखेल र रत्नपार्कमा वायु प्रदूषणसम्बन्धी मापन केन्द्र राखेको छ । तर, पुल्चोक र धुलिखेलको तथ्यांक आउन सुरु गरेको छैन । रत्नपार्कमा सञ्चालनमा रहेको मापन केन्द्रले आफ्नो क्षेत्रको बारेमा तथ्यांक दिन थालेको छ।

स्वास्थ्य अनुसन्धान परिषद्ले ०७१-७२ मा एक वर्ष समय लगाएर अनुसन्धान गर्दा राजधानीको वायु अत्यन्तै प्रदूषित रहेको तथ्य बाहिर ल्याएको थियो । वायु प्रदूषण मापन गर्न पुतलीसडक, ललितपुरको महालक्ष्मीस्थान, भक्तपुरको जगातीमा राखिएको स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. खेम कार्कीले बताए ।

तीनवटा मापन केन्द्रको मेसिन जडान गर्न १७ लाख रुपैयाँ लागेको थियो । अरू प्राविधिकलगायत अपरेटिङ खर्च २५ लाखभन्दा धेरै भएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment