Comments Add Comment

लोकमानलाई अख्तियार प्रमुख बनाएर दलहरुले गल्ती गरेः पहारी

मलेसिया । युवा संघका अध्यक्ष राजिव पहारीले लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाएर गल्ती गरेको बताएका छन् ।

Rajib Pahariमलेसियाको राजधानी क्वालालम्पुरम ाप्रवासी नेपाली मञ्चले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा पहारीले भने  ‘नख्खु जेलमा राख्नु पर्नेलाई अख्तियार प्रमुख वनाएकोले आजकोे अवस्था आएको हो ।’

लोकमान एउटा ब्यक्ति भएको भन्दै लोकमानभन्दा पनि लोकमान प्रवृतिलाई सवै मिलेर हटाउनु पर्ने उनको धारणा थियो । खुर्सानीको विरु रोपेर स्याउँको आशा राख्दाको परिणाम लोकमान भएको पहारीको भनाइ थियो ।

पहारीले राजनीतिक अस्थिरताका कारण युवा विदेशीन वाध्य भएको भन्दै नौ नौ महिनाको भागबण्डाले देश विगि्रएको बताए । राजनीतिक स्थिरता कामय गर्न सकियो भने नेपाललाई सिंगापुर र जापानजस्तो बनाउन सकिने बताए ।

प्रवासी नेपाली मञ्च मलेसियाका उपाध्यक्ष जीवन देवानको सभापतित्वमा भएको कार्यक्रममा महासचिव दयाराम कुमाल, नेपाली दुतावासका प्रथम सचिव उत्तमकुमार शाहि, व्यवसायी विपिन राई, वुद्धिजिवी परिषदका कृष्ण विष्ट,किरात याक्थुम चुम्लुङका दिलकुमार लिम्वु, मञ्चका उपाध्यक्ष शेरबहादुर गुरुङ, संदिप सग्रौलालगायकाले शुभकामना राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment