Comments Add Comment

जापानमा नेपालीको लगानीमा सुपर मार्केट सञ्चालनमा

nepali-supermart-japanजापानको नागोयामा पहिलो पटक नेपालीको लगानीमा सुपर मार्केट सञ्चालनमा अाएको छ ।

करिव आठ करोडको लगानीमा उक्त सुपर मार्केट स्थापना गरि सेवा प्रारम्भ गरेका छन । ट्रेडिंग ब्यबसाय बाट फड्को मार्दै सामिका ग्रुपले जापानी बजारमा सामिका सुपर मार्केट संचालनमा ल्याएको छ ।

सामिका सुपर मार्केट नाममा जापानी तथा नेपाली लगायतका विदेशीहरुका लागि समेत उपयोगी घरायासी र अन्य दैनिक उपयोगी सामाग्रीहरु सुपर मार्केटमा उपलब्ध गराईएको छ  ।

जापानको राजधानी टोकियो पछिको ठूलो शहर नागोयामा स्थापना गरिएको सो सुपर मार्केटको उद्घाटन बिहीवार एक समारोहका वीच गैरआवासीय नेपालीसंघ एनआरएनएका केन्द्रीय उपाध्यक्ष भवन भट्ट र सामिका ग्रुपका अध्यक्ष पारसमणी पोखरेलले संयुक्त रुपमा गरे ।

उदघाटन समारोहलाई सम्वोधन गर्दै एनआरएनए उपाध्यक्ष भवन भट्टले प्रवासी नेपालीको सफलता नेपाल र नेपालीको गौरव भएको चर्चा गर्नुभएको थियो | पहिलो पटक नेपालीको लगानीमा स्थापना गरिएको सुपर मार्केटको स्थापना पछि जापान लगायतका विश्वका धेरै मुलुकमा नेपालीले व्यवसायमा फड्को मार्न प्रेरणा मिल्ने बताए ।

जापानमा नेपालीहरुको लगानीमा रेमिटान्स, रेष्टुरेन्ट तथा ट्रेडिङ व्यवसायमा वढदो संलग्नतासंगै नयाँ व्यवसायको सुरुवातले नयाँ काम गर्ने हौसला मिलेको बताए ।

सोही अवसरमा मन्तव्य राख्दै सुपरमार्केटका संचालक तथा सामिका ग्रुपका अध्यक्ष पारसमणी पोखरेलले एक वर्ष लामो अध्ययन पश्चात सुपर मार्केटको सुरुवात गर्न सफल भएको भन्दै अबको केही वर्षमै नयाँ व्यवसाय थप्दै लाने जानकारी दिए ।

जापानको व्यस्त शहर मध्येको नागोया स्थित चिर्यु स्टेसन नजिकै रहेको सामिका सुपर मार्केटमा नेपाली तथा जापानी गरि २६ जनालाई प्रत्यक्ष रोजगारी दिईएको एनआरएनए केन्द्रीय सदस्य एबम एन आर एन जापानका निवर्तमान अध्यक्ष समेत रहेका सामिका ग्रुपका अध्यक्ष पोखरेलले जानकारी दिए ।

जापानको व्यस्त समयमा एकै ठाउमा सवै किसिमका सामान पाईने भएकाले टाढाटाढाका नेपालीहरू समेत लाभान्वित हुने उनले बताए ।
उदघाटन समारोहमा जापानी लगायत नेपाली समुदायको बाक्लो सहभागिता रहेको थियो |

सुपर मार्केटको ढोका खुले लगत्तै ढोकामा लाम लागेर वसेका जापानीहरुले नेपालीको लगानीको सुपर मार्केटले समयको बचतसंगै एकै स्थानमा सवै घरायासी सामान उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए ।

सोही अवसरमा जापानका चर्चित कलाकार तथा नेपालका लागि जापानी पर्यटन दूत समेत रहेका स्योया सुनले व्यवसायको सफलताको कामना व्यक्त गरेका थिए ।

यस्तै समारोहमा गैरआवासीय नेपालीसंघ एनआरएनएका एसीया प्यासिफिक उपसंयोजक गोविन्द श्रेष्ठ रोविन, एनआरएनए जापान तोकाई होकिरिकु क्षेत्रीय संयोजक रामु खरेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापानका अध्यक्ष विष्णुप्रसाद घिमिरे, गल्कोट समाज जापानका सल्लाहकार यम खत्री, गल्कोट समाज तोकाई होकिरिकु संयोजक रमेश गौतमकाे सहभागिता थियो । त्यस्तै

नेपाली जनसम्पर्क समितिका डीपी कँडेल, राजेन्द्र जम्मरकट्टेल, सगरमाथा महिला समुह अध्यक्ष राधा थापा, चितवन समाज जापानका अध्यक्ष सरोज कँडेल, युवा व्यवसायी दीपक घिमिरे, विनोद खनाल, पत्रकारद्धय निसान राना मगर, विमल अधिकारी लगायत जापानमा स्थापित विभिन्न क्षेत्रका विशिष्ठ पदाधिकारीहरुको सहभागिता रहेको थियो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment