Comments Add Comment

काँचो मासुबाट बनेको पहिरनमा रुसी सुन्दरीको सेक्सी फोटोसूट

russian-model-raw-meat-1_विश्वका विभिन्न ठाउँमा फेसनको नाममा के के सम्म भैरहेको छ ? यसका बारेमा कमैमात्र मानिसहरुलाई जानकारी होला । कतिपय फेसन प्रवृत्तिहरु निकै रोचक तथा आश्चर्यजनक समेत हुने गरेका छन् ।

कतिपय बेअर्थी, घिनलाग्दा तथा बेकार समेत लाग्नसक्छ । रुसका एक मोडलले पनि एउटा अनौठो फोटोसूट गराएकी छिन् । काँचो मासुको पहिरन लगाएर उनले ४ घण्टासम्म फोटो सूट गराइन् ।

सेन्ट पिटर्सबर्गमा बस्ने युलिया कोनेभा नामकी मोडेल इन्स्टाग्राममा निकै लोकपि्रय छिन् । उनले हालै काँचो मासुबाट बनेको पहिरन लगाएर फोटोसूट गराइन् । सो फोटोसूट म्याक्जिम इन्टरनेसनल मेन्स म्यागेजिनका लाििग गराइएको हो । जसलाई नताल्या फदिवाले डिजाइन गरेकी थिइन् ।

युलिया भन्दा पहिले यस्तो खाले पहिरन सन् २०११ मा लेडी गागाले एमटिभीको एक शो का बेला लगाएकी थिइन् । जसको जनावर अधिकारकर्मीहरुले तिव्र विरोध गरेका थिए ।

युलियाका अनुसार काँचो मासुको उक्त पहिरन लगाउनका लागि झण्डै एक घण्टा लाग्यो । त्यसपछि ४ घण्टासम्म फोटोसूट चल्यो । त्यस क्रममा मासुबाट आउने गन्धले निकै समस्या पार्यो र उनलाई स्वास फेर्न पनि मुस्किल भयो । सायद मासु कुहिन लागेको थियो । युलियाले काँचो मासुको पहिरनवाला एक फोटो आफ्नो इन्स्टाग्राममा पनि अपलोड गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment