Comments Add Comment

फिल्म बनाउने होइन, समाजसेवा गर भन्नेलाई दीपकराजको यस्तो जवाफ

Deepak N Priyanka (6)
हाँस्य कलाकार दीपकराज गिरीले एक बिहानै केही आक्रोश भरिएको स्टाटस लेखे । आज गिरान्चौरमा निर्माण भएको ६५ वटा घर हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले ‘धुर्मुस-सुन्तली फाउन्डेशन’को माध्यमबाट हस्तान्रण गर्दैछन् । ७ महिना लगाएर यी दुई चर्चित हाँस्य कलाकार जोडीले करिब ५ करोडको खर्चमा गिरान्चौरमा एकिकृत नमुना बस्ती निर्माण गरेका हुन् ।

‘धुर्मुस-सुन्तली’ ले समाजसेवा गर्दा दीपकराज गिरीले भने चलचित्र बनाएको भन्दै केही दर्शकले फेसबुकमा आलोचना गरे । दीपकराज गिरीकै स्टाटसमा यस्तो कमेन्ट आएपछि उनले यसको जवाफ दिएका छन् । दीपकराजले फेसबुकमा लेखेका छन्-‘ कस्ले भन्यो चलचित्र पैसा कमाउन बनाइन्छ ? एउटा चलचित्र बनाउँदा ९० प्रतिशत डुब्ने संभावना हुन्छ ।

१ करोडको लगानीले एउटा स्तरिय रेष्टुरेन्ट खोलेर जिन्दगी भरलाई कमाउने बाटो हुन सक्थ्यो, तर हामीले चलचित्र बनाएर जोखिम उठायौ । चलचित्र बनाउनु, समाजको यथार्थलाई पर्दामा उतार्नु, कविता लेख्नु, पुस्तक लेख्नु, पैसा कमाउन मात्र गरिएको काम हो ?’

लक्ष्मि प्रसाद देवकोटाले थुप्रै साहित्य कृति छोडेर गए जुन पुस्तकहरु अहिले तपाई हामी पढिरहेका छौ भन्दै दीपकले प्रश्न गरेका छन्-‘के उनले कविता लेख्न छाडेर समाजसेवा गर्नुपथ्र्यो । उनले पैसा कमाउनका खातिर मात्रै श्रृजना गरेका थिए ति कृतिहरु ?’

दीपकले अगाडि लेखेका छन्-‘नारायण गोपालले पैसा कमाउन मात्रै गाएका थिए ?’ उनले साँघुरो सोच नराख्न आग्रह गर्दै समाजसेवा गर्नुलाई महान् काम भनेका छन् । उनले संसारका सबै महिलाहरु मदर टेरेसा भएको भए यो संसार कसरि चल्थ्यो भन्दै प्रश्न पनि गरेका छन् । उनले लेखेका छन्-‘एउटा असल पेशाकर्मी भएपछि आफूले भिन्न भिन्न पेशा गर्दा कमाएको केहि हिस्सा गरिब दुखिको लागि पनि खर्चिनु पर्छ ।

सहयोगी हुनुपर्छ । तर, वकिल, डाक्टर, कवि, साहित्यकार, व्यापारिहरु सबैले आ-आफ्नो कार्यलयमा ताला लगाएर, काम बन्द गरेर समाजसेवा तिर लाग्ने हो र ?

दीपकको स्टाटसलाई समर्थन गर्दै नायिका प्रियंका कार्कीले शेयर गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment