Comments Add Comment

श्रीमान्, म अदातलभित्रै लुटिएँ !

pulsar१२ कात्तिक, काठमाडौं । जब मान्छे ठगिन्छ, लुटिन्छ र अन्यायमा पर्छ, अनि अदालतको शरणमा पुग्छ । त्यसको अर्थ हो, अदालतले निष्पक्ष न्याय दिन्छ । तर, परिबन्दले गर्दा कतिपय अवस्थामा अदालतभित्रै न्यायमात्र होइन, ठगिनु पनि पर्दोरहेछ । यो प्रशंग हो, काठमाडौ जिल्ला अदालतको ।

जिल्ला अदालतबाट धेरैले न्याय पनि भित्र पाए होलान्, तर धादिङका उत्तम गिरी त्यही जिल्ला अदालतभित्र अदालतकै कर्मचारीबाट नराम्रोसँग लुटिए ।

यस्तो छ घटना

करिब ९ महिनाअघि उत्तम गिरीको बाइक वन्यजन्तु ओसार-पसारमा प्रयोग भएको आरोपमा काठमाडौ जिल्ला वन कार्यालयले जफत गर्‍यो । गिरीको विरुद्ध पनि मुद्दा पर्‍यो । मुद्दा फैसला नहुँदासम्म उनको बाइक जिल्ला अदालतको नियन्त्रणमा थियो ।

गत हप्ता गिरीको मुद्दा फैसला भयो । उनले मुद्दा जिते या हारे, यो फरक प्रशंग हो । तर, मुद्दा फैसला भएपछि गिरी आफ्नो बाइक लिन जिल्ला अदालत काठमाडौको पार्किङमा पुगे । त्यसबेला उनले बल्ल आफु लुटिएको थाहा पाए ।

बा ३७ प ७३९२ नम्बरको २ सय २० सीसीको पल्सर बाइकका सबै सामानहरु साटिएका थिए । हामी त्यहाँ पुग्दा बाइकको लुकिङग्लास, साइडलाइट, केही पनि थिएन । ठाउँ-ठाउँबाट चुँडिएका तारहरु झुण्डिरहेको देखिन्थ्यो । यतिसम्म कि बाइकको दुबै टायर निकालेर १ सय ५० सीसीको टायर प्रयोग भएको थियो ।

गिरीका अनुसार उनको बाइकको साइलेन्सर पनि साटिएको छ भने लेगगार्ड, खुट्टा टेक्ने रड(फुटर) लगाएर सबै सामान साटिएका र झिकिएका थिए । के सम्म भयो भने, बाइकको ट्यांकी समेत साटिएको छ ।

गिरी भन्छन्, ‘मेरो बाइक काठमाडौ जिल्ला वन कार्यालयमा हुँदासम्म ठीकठाक थियो । जब अदालतले बाइक बुझ भन्यो, हेर्दा नम्बरप्लेट र सीटबाहेक बाँकी सबै साटिएको रहेछ । ‘ गिरी भन्छन्, ‘म त अदालतभित्रै लुटिएँ ।’

गिरी अदालतको पार्किङमा मन दुखी बनाउँदै आफ्नो बाइक पुस्दै थिए, त्यतिखेरै पुगे, अदालतका एकजना कर्मचारी । र, भने, ‘यो बाइक बनाउँदा मैले धेरै खर्च गरेको छु । कम्तिमा पनि ५ सय नदिई लान दिन्न ।’

उनले बाइकको पहिलेको साँचो हराएको र नयाँ बनाउँदा पाँच सय खर्च भएको बताए । गिरीले सोधे, ‘साँचो त बनाउनुभएछ, यी सामानहरु कहाँ साट्नुभयो ? के गरेको यस्तो ?’

ती कर्मचारीले आफुले अदालतबाट अनुमति लिएर चलाएको र त्यसको जिम्मेवार आफू नभएको प्रतिक्रिया दिए र पाँच सय लिएर गए ।

तर, गिरीको सामान अदालतभित्रैबाट हराएको छ, काठमाडौँ जिल्ला अदालतले साँच्चै पीडितलाई न्याया दिन सक्ला त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment