Comments Add Comment

दिवालीमा कसको दिल जल्ला, कसको दिप बल्ला ?

shivaya-and-a-dil-hai
यस वर्षको तिहारमा नायक तथा निर्देशक अजय देवगणको ‘शिवाय’ र निर्माता तथा निर्देशक करण जोहरको ‘ए दिल हे मुश्किल’ प्रतिस्पर्धाका लागि तयार छन् । दुबै चलचित्र अलग-अलग जनराका छन् भने स्टार पावर पनि फरक छ ।

त्यति हुँदा हुँदै पनि दुबैको ब्यापारमा असर पक्कै पनि पर्नेछ । तर, एउटै मितिमा ठूला चलचित्र प्रदर्शन भएको यो पहिलो पटक होइन । दिवालीको अवसरमा यसअघि पनि ठूला चलचित्रविच प्रतिस्पर्धा भैसकेको छ ।

बलिउडमा दिवालीलाई राम्रो बक्स अफिस कलेक्सन गर्ने चाडका रुपमा निर्माताले लिने गरेका छन् । पछिल्लो पाँच वर्ष यताको तथ्यलाई हेर्ने हो भने २६ अक्टुवर २०११ मा शाहरुख खानको ‘रा वन’ सोलो रिलिज भएको थियो । जुन चलचित्रले १८ करोड ओपनिङ कलेक्सन गर्नुको साथै ११८ करोड ब्यापार गरेको थियो ।

सन् २०१२ मा यस चोपडाको निर्देशनमा बनेको शाहरुख खान, कट्रिना कैफ र अनुष्का शर्मा अभिनित ‘जब तक है जान’ र अजय देबगण, सञ्जय दत्त, सोनाक्षी सिन्हा अभिनित ‘सन अफ सरदार’ आपसमा भिडेको थियो ।

‘जब तक हे जान’ले १७ करोड ओपनिङ गरेको थियो भने १२० करोड ब्यापार गरेको थियो । ‘सन अफ सरदार’ले १० करोड ओपनिङ गरेर १०५ करोड ब्यापार गरेको थियो । यी दुई चलचित्र रिलिज हुँदा अजय देबगण र यश चोपडाको ब्यानरविच राम्रै झगडा भएको थियो । दुबै पक्षका निर्माताले आफुलाई घाटा भएको महसुुुस गरेका थिए ।

दुबै पक्षले भिडन्तमा उत्रिदा आफ्नो चलचित्रलाई घाटा भएको महशुस गर्दै दिवालीमा दुई चलचित्र एकसाथ रिलिज नगर्ने अघोषित सम्झौता समेत गरेका थिए । त्यसैको प्रभाव स्वरुप सन् २०१३ मा ऋतिक रोशनको ‘कृष-३’ सोलो रिलिज भयो । २४ करोड ओपनिङ गरेको कृष-३ ले २४० करोड ब्यापार गरेको थियो । यो चलचित्र वर्षकै हिट सावित भयो ।

सन् २०१४ मा साहरुख खान, दीपिका पादुकोण, अभिषेक बच्चन अभिनित ‘ह्याप्पी न्यु ईयर’ रिलिज भयो । ४५ करोडको ओपनिङ गरेको ह्याप्पी न्यु इयरले २०३ करोडको कुल व्यापार गर्‍यो ।

गएको वर्ष अर्थात सन् २०१५ मा सलमान खान र सोनम कपुर अभिनित ‘प्रेम रतन धन पायो’ रिलिज भयो । यो चलचित्रले ४२ करोड ओपनिङ व्यापार गरेको थियो भने २०७ करोड कलेक्सन गरेको थियो । तर, सन् २०१६ मा निर्माताविचको अघोषित सम्झौता तोडिएको छ ।

अजय देबगणको ‘शिबाय’ र करण जौहरको ‘ए दिल हे मुश्किल’ मध्ये कसको दिप जल्छ वा कसको दिल जल्छ हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment