Comments Add Comment

काठमाडौंका बैंक एटीएमबाट पैसा निकाल्ने बुल्गेरियन नागरिक पक्राउ

ATM-Booth

१२ कात्तिक, काठमाडौं । काठमाडौंका बिभिन्न बैंक एटीएमबाट अनधिकृत तरिकाले पैसा निकाल्ने बुल्गेरियन नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

पक्राउ परेका बुल्गेरियन नागरिक डिमो स्टेनोभलाई शुक्रबार सीआईबीले सार्बजनिक गरेको छ । उनको साथबाट १७ हजार अमेरिकन डलर र ६ सय युरो बरामद भएको सीआईबी प्रमुख डिआईजी नवराज सिलवालले जानकारी दिए ।

स्टेनोभ अक्टुबर ७ मा नेपाल आएको अनुसन्धानबाट पत्ता लागेको छ । उनले हिडन क्यामरा बोकेर एटिएम बुथमा जाने र एटिएम प्रयोगकर्ताको पीन नम्बर खिचेर आफूले पैसा निकाल्ने गरेको पाइएको सिलवालले जानकारी दिए ।

यसअघि अर्काको एटिएम बुथबाट यसैगरी रकम निकाल्ने टर्की, बुल्गेरियन र रोमानियाली नागरिकलाई पनि सीआईबीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment