Comments Add Comment

संविधान संशोधन हुनै सक्दैनः बामदेव गौतम

bamdev-gautam

१२ कात्तिक, विराटनगर । सरकारले छठलगत्तै संविधान संशोधनको तयारी गरिरहेका बेला नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन हुन नसक्ने बताएका छन् । संविधानको कार्यन्वयनमा जानुपर्ने बेला संशोधनमा अड्किनुनहुने उनको धारणा छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै उपाध्यक्ष गौतमले संविधान जारी हुने समयमापनि मधेसी दलले अवरोध गरेको स्मरण गदै भने, ‘यदी मधेसीहरुमा हिम्मत भए संविधान संशोधान गरेर देखाउन चुनौती दिन्छु ।’

उनले नेपाली कांग्रेस र माओवादी केन्द्रंले संविधान संशोधन गर्ने भनेपनि यसबारेमा एमालेसँग कुनै परामर्श नगरेको भन्दै एमाले संविधान संशोधनको पक्षमा नरहेको नेता गौतमले बताए ।

उनले अख्तियारका प्रमुख लोकमान सिंह कार्कीले संविधानले दिएको क्षेत्र अधिकार तोडेकाले उनलाई महाअभियोगमार्फत पदच्युद गर्न लागिएको वताए । गौतमले भने, ‘लोकमान संवैधानिक अंगको प्रमुख भन्दा पनि समान्तर सरकार चलाउन उद्दत भए ।’

एक अर्को प्रशंगमा उपाध्यक्ष गौतमले भारत र चीनका राष्ट्रपति नेपाल भम्रणमा आउदा सार्वजनिक विदा दिने घोषण चाकरीको परकाष्टा भएको टिप्पणी गरे ।

उनले भने, ‘शाहीकालमा बिदेशी राष्ट्रप्रमुख आउँदा विदा दिने परिपार्टी थियो अहिलेको अवस्थामा विदाको सान्दर्भिकता छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment