Comments Add Comment

गिरानचौर नमूना बस्ती हस्तान्तरण गर्दै राष्ट्रपतिले भनिन्- सरकारलाई चुनौति

dhurmus-suntali-giranchaur-5

१२ कात्तिक, काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा सिन्धुपाल्चोकको गिरानचौरमा निर्मित नमूना बस्ती स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बस्तीको साँचो गिरानचौर बस्ती व्यवस्थापक रामबहादुर तामाङलाई हस्तान्तरण गरिन् ।

बस्ती हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गिरानचौर नमूना बस्ती निर्माण सरकारलाई चुनौति भएको बताइन् ।

dhurmus-suntali-giranchaur-3

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-८ स्थित गिरानचौरका तामाङ समुदायको बस्ती गत वर्षको वैशाख १२ गते आएको महाभूकम्पले खण्डहर बनाएको थियो । हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले गत वैशाख १२ गतेबाट बस्ती पुनर्निर्माण अघि बढाएका थिए । ६ महिनामा बस्तीको पुनर्निमाण सम्पन्न भएको छ । बस्ती निर्माणमा पाँच करोड रुपैयाँभन्दा बढी खर्च भएको छ ।

 

giranchaur_dhurmus-suntali-basti-1

देश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलित रकमबाट बस्ती निर्माण सम्भव भएको हो । सहयोग संकलनका लागि धुर्मुस-सुन्तलीले सामाजिक सञ्जालमा अभियान चलाएका थिए । पाँच हजार भन्दाबढी व्यक्ति तथा संस्थाले बस्ती निर्माणका लागि आर्थिक सहयोग गरेको बताइएको छ ।

यस बस्तीमा एउटा सामुदायिक भवनसहित ६७ वटा घर रहेका छन् । बस्ती बालमैत्री, अपांगमैत्री र वातावरण मैत्रीको अवधारणामा बनाइएको धुर्मुसले बताए । बस्तीमा सोलारजडित दुई तल्ले घर, चिल्ड्रेन पार्क, सार्वजनिक धारा, शौचालय र फलफूल बगैंचाको व्यवस्था छ ।

dhurmus-suntali-giranchaur-4

बस्ती हस्तान्तरण कार्यक्रममा उद्योगमन्त्री नविन्द्रराज जोशीको पनि उपस्थिति थियो ।

dhurmus-suntali-giranchaur-2

giranchaur_dhurmus-suntali-basti-20

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment