Comments Add Comment

छिमेकी राष्ट्र प्रमुखको भ्रमणका बेला सरकारी विदा गलतः डा. महत

१२ कात्तिक, बुटवल । सत्तारुढ नेपाली कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले छिमेकी देशका राष्ट्रप्रमुख नेपाल आउँदा सरकारी बिदा दिने निर्णय गलत भएको बताएका छन् ।

ramsharan-mahat‘सरकारले साना-साना कुरामा विदा दिन थालेको छ, यो गलत हो,’ उनले भने, ‘हामीले उनीहरुलाई खुसीसाथ स्वागत गर्नुपर्छ, तर विदा दिने कुरा ठीक होइन ।’

नेपाल प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा कांग्रेस नेता महतले भने, ‘यस्तो कुराले आमन्त्रितलाई पनि अप्ठ्यारो हुन्छ । हामीलाई उतातिर यस्तो गर्दैनन् ।’

उनले कांग्रेसको सहयोगमा बनेको माओवादी नेतृत्वको सरकारले एकलौटी निर्णयहरु घोषणा गरेको भन्दै आलोचना गरे । कांग्रेसले सरकारमा हैसियत देखाउनुपर्ने उनको धारणा थियो ।

लोकमान प्रकरणमा कांग्रेस न्यायाधीश भएको भन्दै उनले अहिले नै पक्ष वा विपक्ष भनेर भन्ने बेला नआएको बताए । महाअभियोगले संसदमा प्रबेश पाइसकेको भन्दै उनले भने, ‘थप बहस गर्नु आवश्यक छैन । अभियोग लागेपछि छानविन हुन्छ, सफाईको मौका पनि हुन्छ, अन्तिममा मतदान हुन्छ ।’

उनले चैत्रभित्रै चुनाव गर्नुपर्ने बाध्यता रहेको भन्दै अब यथास्थितिमै भएपनि चुनाव गर्नुपर्ने बताए ।

स्थानीय पुनर्संरचना महत्वपूर्ण कार्यभार भएको भन्दै उनले सरकारले गम्भीर पहल नगरेको बताए । ‘जनचाहना एउटा, संवैधानिक प्रावधान एउटा छ, पुनर्संरचना आयोगको सिफारिस अर्को छ । बरु, आयोगको म्याद बढाऔं र पुनः छलफल गरौं,’ उनले सुनाए ।

सरकार गठन मधेसको माग सम्बोधनका लागि भएको भन्दै उनले सबै दलको सहमतिमा यो काम हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment