Comments Add Comment

कपिलवस्तुमा चोरिएका मोटरसाइकल दाङबाट बरामद

kapilbastu-bike-chori

१२ कात्तिक, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाबाट चोरी भएका मोटरसाइकलहरु दाङबाट बरामद भएका छन् । चोरी भएका मोटरसाइकलसहित चारजना चोरहरु पनि पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाको विशेष अनुसन्धान टोलीले एक हप्ताभित्रै मोटरसाइकलसहित चोरहरुलाई पनि पक्राउ गर्न सफल भएको हो ।

पक्राउ पर्नेमा दाङ लमही नगरपालिका-८ का ३० वर्षीय ओसिम खान, सो स्थानका १७ वर्षीय अंकुर न्यौपाने विहीबार पक्राउ परेका छन् । त्यस्तै कात्तिक ७ गते दाङ लमही नगरपालिका २ का १८ वर्षीय सन्तोष लामा, सो स्थानका लक्ष्मण चौधरीलाई प्रहरीले पत्रकार सम्मेलनमा वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।

मोटरसाइकल चोरीका घटना बढेको गुनासोसँगै वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको स्टीङ अपरेसन टिमले चोरहरुलाई रंगेहात पक्राउ गरेको हो ।

हालसम्म चोरी भएकामध्ये सिराज खान डाक्टरको लु २० प ९४१७, विष्णु हमालको लु १८ प २३९८, तिलक गैरेको लु १२ प ४७७७, अनिरुद्र सापकोटाको लु २६ प ७६०४, आरएन खानको लु २२ प ९४३९ नम्बरको निलो रङको पल्सर मोटरसाइकल र टोपबहादुर थापाको लु ८ प ४६९३ नम्बरको मोटरसाइकल फेला परिसकेका छन् । बेचन गुप्ताको लु १६ प ५०७४, पदम ढकालको लु १३ प ५५५४ को मोटरसाइकलको भने खोजी कार्य जारी छ ।

कपिलवस्तुमा चोरीका घटनाहरु बढ्न थालेपछि वडा प्रहरी कार्यालयले १० ओटा कागजात नभएका मोटरसाइकल समेत आफ्नो नियन्त्रणमा लिएको छ । केही समययता चन्द्रौटा क्षेत्रमा मोटरसाइकल चोरीका घटनाहरु बढ्न थालेपछि वडा प्रहरी कार्यालयले विशेष गस्ती अभियान सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment