Comments Add Comment

मलाई विरोधीहरुको निकै जरुरी छ: रोनाल्डो

Ronaldo

रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले विरोधीहरुले आफूलाई कसरी विश्वकै उत्कृष्ट फुटबलर भएको प्रमाणित गर्न प्रेरित गरे भनेर खुलेका छन् । साथै उने चिरप्रतिद्वन्द्वीलियोनल मेस्सीसँगको ‘आपसी सम्मान’को बारेपनि बोलेका छन् ।

रोनाल्डोलाई फुटबलको विश्व इतिहासमा अहिलेसम्मकै उत्कृष्ट मध्येका एक खेलाडी मानिन्छ । म्यान्चेस्टर युनाइटेडका पूर्व स्ट्राइकर पछिल्ला केहि बर्षहरुमा अहंकार र खराव व्यवहारका कारण निक्कै आलोचित पनि भइरहे ।

तर, खेलकुद पत्रिका ‘कोच’लाई दिएको एक अन्तर्वार्ताका क्रममा ३१ बर्षीय पोर्चुगिज स्ट्राइकरले आफ्नो सफलताको कारण आलोचना भएको बताएका छन् । आलोचनाले नै आफुलाई सफलतातर्फ प्रेरित गरेको उनको भनाइ थियो ।

फुटबलबाट सिकेको सबैभन्दा महत्वपूर्ण पाठ के हो ? भन्ने प्रश्नमा रोनाल्डोले भने, ‘आफूलाई सफलताका लागि प्रेरित गर्न नकारात्मक मानिस र अनुभवको प्रयोग गर्नु हो ।’

‘वास्तवमा मलाई बिरोधीको निक्कै जरुरी छ । उनीहरुले सबै उपलब्धी हासिल गर्न सहयोग गर्छन् र मैले पति त्यो हासिल गरेँ ।’

सन् २००९ मा म्यान्चेस्टर युनाइटेडबाट रियल गएपछि उनी र अर्जेन्टाइन सुपरस्टार लियोनल मेस्सीबीचको प्रतिद्वन्द्वीता निक्कै चुलिएको छ । समर्थक र मिडियाका कारणपनि उनीहरुबीचको प्रतिद्वन्द्वीता चुलिएको देखिन्छ ।

रोनाल्डोका अनुसार यस्तै प्रतिद्वन्द्वीताको प्रभावले गत बर्ष रियलले च्याम्पियन्स लिग जितेको हो । उनले भने, ‘म र लियोनल मेस्सीबीच एउटा ठूलो आपसी सम्मान छ ।’

उनले अघि भनेका छन्, ‘मिडियाले हामीलाई ठूलो आपसी बिरोधीको रुपमा चित्रित गर्ने प्रयास गर्छ तर, हामीबीच त्यस्तो केहि छैन ।’

‘भलै हामीहरु असल साथीको रुपमा छैनौं तर, दुवै पक्षबाट एक उत्कृष्ट आपसी सम्मान छ ।’

रोनाल्डोले सर एलेक्स फर्गुसनको मातहतमा रहेर सन् २००३ देखि ६ बर्ष म्यान्चेस्टर युनाइटेडबाट फुटबल खेले । स्पोर्टिङ लिस्वनका पूर्व स्ट्राइकरले म्यान्चेस्टर छाडेर मडि्रड जाँदा पनि फर्गुसनले भनेका थिए, ‘क्रिष्टियानो म्यान्चेस्टरका एक उद्भुत खेलाडी हुन् । उनको योगदानकै कारण म्यान्चेस्टरले यस समयको बीचमा निक्कै सफलता हासिल गर्‍यो । उनले प्रदर्शन र संक्रामक व्यक्तित्वले संसारभरका समर्थक मन्त्रमुग्ध बनेका छन् ।’

र अहिले रोनाल्डो स्वयम् मान्छन् कि आफ्ना पूर्व प्रशिक्षकको प्रभाव थिएन भने उनी अहिलेको स्थानमा आउने थिएनन् । उनले थपे, ‘सर एलेक्स फर्गुसनलाई म मेरा पिताको रुपमा मान्छु । मेरा सबै प्रशिक्षकहरु मेरा लागि महत्वपूर्ण छन् तर, जव म रियल आएँ तव मैले सर एलेक्सलाई मिस गर्न थालेँ ।’

‘जव म युनाइटेड गएको थिएँ, त्यतिबेला केटाकेटी नै थिएँ ।’

‘म अहिलेपनि विश्वका ठूलामध्येको एक क्लवमा आवद्ध छु, तर यही समयमा पनि मैले त्यस्तो मानिस खोजिरहेको छु, जो सर एलेक्सजस्तो होउन् ।’

रोनाल्डोले क्लब र अन्तर्राष्ट्रिय दुवै फुटबलमा विश्वका उत्कृष्ट डिफेण्डरहरुलाई माथ दिएका छन् । तर, त्यस्ता डिफेण्डर रोज्नुपर्‍यो जोदेखि उनी सर्तक हुन्छन् भने ती हुन् आर्सनल र भेल्सीका लेफ्टब्याक एस्ले कोल ।

उनले थपे, ‘मेरो एस्ले कोलसँग केहि उत्कृष्ट ट्याकलहरु परेको छ । उनी प्रतिस्पर्धीलाई एक सेकेण्ड स्वास लिने समय पनि दिँदैनन् ।’

रोनाल्डोले गत सिजन रियल मडि्रडबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए । त्यसपछि पार्चुगललाई युरो २०१६ को च्याम्पियन बनाउन पनि उनको योगदान महत्वपूर्ण रहृयो । युरोको फाइनलमा उनी मात्र २५ मिनेट मैदानभित्र रहे । घुँडाको चोटका कारण उनले युरोको फाइनल बीचैमा गुमाउनुपरेको थियो ।

उनले भनेका छन् कि ‘मलाई थाहा छ कि मैले मैदानभित्र फाइनलमा कुनै प्रभाव जमाउन सकिन, जति म सक्थेँ ।’

‘तर मैले मध्यान्तरको ब्रेकमा टोलीका सदस्यहरुका लागि केही उपयोगी कुराहरु गरेको थिएँ । यसैले उपाधि हासिल गर्न सहयोग गर्‍यो कि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment