Comments Add Comment

ताप्लेजुङको पर्यटकीय पूर्वाधार निर्माणका लागि ६० लाख बिनियोजन

pathivara  (2)
ताप्लेजुङको प्रसिद्द पाथीभरा क्षेत्र, पृष्ठभुमीमा कञ्चनजंगा हिमशृङखला

१२ कात्तिक, ताप्लेजुङ । मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिले ताप्लेजुङमा पर्यटकीय पूर्वाधार निर्माणका लागि यस वर्ष ६० लाख रकम बिनियोजन गरेको छ ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समिति इलाममार्फत कार्यान्वयन हुने गरी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो बजेट ताप्लेजुङका लागि विनियोजन गरेको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले जानकारी दिए ।

जसमा कञ्चनजंघा क्षेत्र पदयात्रा मार्ग निर्माण (घुन्सा लेलेप खण्ड लेलेप ९) क्रमागतमा १० लाख, लेलेप ओलाङ्चुङ्गोला पद मार्ग निर्माणमा १० लाख, याम्फुदिन ५ बाट तिम्बुङ पोखरी कालिखोला ९ कञ्चनजंघा जाने पदमार्ग निर्माणका लागि १० लाख, सावा ७ मा रहेको ओत्रोक पोखरी संरक्षणका लागि ५ लाख, मिल्के तिनजुरे क्षेत्र पुर्वाधार विकासमा १० लाख, फुङ्फुङे झर्ना पुर्वाधार विकासमा १० लाख र सोदोपोखरी संरक्षणमा ५ लाख गरी ६० लाख रकम खर्च गरीने समितिले बताएको छ ।

अघिल्लो वर्ष यस जिल्लामा ५७ लाख मात्र बजेट छुटिएकोमा यस वर्ष भने तीन लाख बढि रकम खर्च हुने गरी छुटिएको छ । सरकारले समिति मार्फत कार्यन्योयन हुने गरी प्रत्येक वर्ष पुर्वका ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा पर्यटकीय पूर्वाधार निर्माणका बजेट छुट्याउँदै आएको छ ।

यस वर्ष ताप्लेजुङका लागि ७२ लाख, पाँचथरका लागि ४० लाख र इलामका लागि एक करोड ६२ लाख रकम विनियोजन भएकोमा ताप्लेजुङमा ६० लाखको लागि विषयगत रुपमा रकम छुट्याई सरोकारवाला निकायबाट प्रस्ताब आहृवान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment