Comments Add Comment

खेलकुदको १५ वर्षे गुरुयोजना अन्तिम चरणमाः मन्त्री श्रीपाइली

Daljit-shreepaili

१२ कात्तिक, चितवन । युवा तथा खेलकुदमन्त्री दलजीत विके श्रीपाइलीले खेलकुदको विकासका लागि आवश्यक ऐन ल्याउने तयारी भएको बताएका छन् ।

चितवनको भरतपुरमा शुक्रबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मन्त्री श्रीपाइलीले खेलकुदको नीतिगत परिवर्तनका लागि चाँडै नै ऐन ल्याउने उनले बताए ।

नीतिगत परिवर्तनका लागि ऐनको ड्राफ्ट बनिरहेको र यसलाई चाँडै नै सदनमा लैजाने मन्त्री श्रीपाइलीले बताए ।

१५ वर्षे खेलकुदको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले उक्त गुरुयोजना लागू भएपछि खेलकुद क्षेत्रले मुहार फेर्नेमा आफू विश्वस्त रहेको बताए ।

खेलकुदको विकासको लागि स्पोर्टस् युनिभर्सिटी, स्पोर्टस् भिलेज, स्पोर्टस् एकेडेमी निर्माणको तयारीमा मन्त्रालय लागेको श्रीपालीले बताए ।

खेलकुद क्षेत्रमा आर्थिक अभाव भएको भन्ने कुराहरु भ्रम भएको उल्लेख गर्दै मन्त्री श्रीपालीले बजेटमा समस्या नभएर काम गर्ने इच्छा शक्ति र जनशक्तिको उचित प्रयोग हुन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment