Comments Add Comment

प्रहरी वृत्त थिमिमा तोडफोड, २ प्रहरी घाइते

तोडफोडमा संलग्न पाँच जना प्रहरी नियन्त्रणमा

१२ कात्तिक, भक्तपुर । मोटरसाइकलको ठक्करबाट मृत्यु भएका महिलाका आफन्तले क्षतिपूर्तिको माग गर्दै महानगरीय प्रहरी वृत्त थिमिमा आज तोडफोड गरेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

तीव्रगतिमा आएका बा ८० प ५००८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मध्यपुरथिमिमा हिजो साँझ दोलखा– ८ जिरीकी ४५ वर्षकी कमला भन्ने सरस्वती खड्काको मृत्यु भएपछि उनका आफन्तले क्षतिपूर्तिको माग गर्दै आज प्रहरी वृत्त थिमि घेराउ गरे ।

उनीहरुले मृतकका दुई छोराछोरीको पढाइ, पालनपोषणको जिम्मेवारी र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रहरी वृत्त घेराउ गर्नेहरुले ढुङ्गा प्रहार गर्दा वृत्तमा कार्यरत प्रहरी कृष्णबहादुर तामाङ र जयन्तराज कार्की घाइते भएका छन् । घाइते दुबै जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

ढुङ्गा प्रहारबाट महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाको गाडीको अगाडिको सिसा फुटेको छ भने प्रहरी वृत्त थिमिको भवनको पनि सिसा फुटेको छ । तोडफोडबाट करिब रएक लाख ५० हजार रूपैयाँको क्षति भएको अनुमान प्रहरीको छ ।

तोडफोडमा संलग्न रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment