Comments Add Comment

महाअभियोगको विषयमा पार्टी सभापतिको निर्णय नै अन्तिमः सिटौला

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचन नै कांग्रेसको प्रमुख एजेण्डा भएको बताएका छन् । तर अनावश्यक माग राख्दै जोसुकैले संविधान संशोधन नहुने उनले प्रष्ट्याए ।

Krishna-Prasad-Sitaulaशुक्रबार काठमाडौंमा पत्रकारहरुसँगको छलफलमा सिटौलाले भने, ‘संविधान संशोधन समय र आवश्यकताअनुसार हन्छ ।’

तर, अहिले अख्तियार प्रमुख लोकमान सिंह कार्कीको विषयलाई लिएर संविधान संशोधन प्रक्रिया नै ओझेलमा पर्नसक्ने उनको शंका छ । कांग्रेसले यसबारे उचित समयमा उचित निर्णय लिने सिटौलाले जानकारी दिए ।

‘कार्कीको महाअभियोग विषयले बढी नै चर्चा पाएको छ । यस विषयमा कांग्रेसले उचित निर्णय लिन्छ,’ सिटौलाले भने, ‘अहिले यो विषय प्रक्रियागत हिसाबमा संसद बैठकमा छलफलका लागि प्रवेश भएको छ । अब हाम्रो पार्टीको संसदीय दलको बैठक छिट्टै बस्दै छ । पार्टी सभापतिले लिने निर्णय नै अन्तिम हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment