Comments Add Comment

नयाँ नेपाल बनाउन कति जोडी धुर्मुस-सुन्तली चाहिएला ?

गिरानचौरमा राष्ट्रपतिबाट यसरी भयो नयाँ वस्तीको उदघाटन

giranchaur-basti-hastantaran-17१२ कात्तिक, गिरानचौर (सिन्धुपाल्चोक) । महाभूकम्पपछि राष्ट्रपति र प्रधानमन्त्रीले धेरै ठाउँमा पुनर्निर्माणमा कामहरु शिलन्यास गरे । तर, ती संरचनाहरुको निर्माण सम्पन्न भई उदघाटन गरिएका समाचारहरु अझैसम्म सुन्न पाइएको छैन । शुक्रबार सिन्धुपाल्चोकको गिरानचौरमा धुर्मुस-सुन्तलीको जोडीले राज्यले गर्न नसकेको काम गरेर राष्ट्रपतिलाई निम्त्याए ।

giranchaur_dhurmus-suntali-basti-1राष्ट्रपति विद्यादेवी भण्डारीले गिरानचौर नमूना वस्ती हस्तान्तरण कार्यक्रममा ठीकै भनेकी हुन् कि धुर्मुस-सुन्तलीले राज्यले गर्न नसकेको काम गरेर राज्यलाई चुनौती दिए ।

giranchaur-basti-hastantaran-22सरकारले सफाइ-दूत नियुक्त गरेपछि गाउँमा सरसफाइ अभियान लिएर हिँडेका धुर्मुस-सुन्तलीको जोडी गत साल बैसाख १२ मा महाभूकम्प आएका बेला अमेरिकामा थियो । लगत्तै त्यहाँबाट फर्केर यो जोडी भूकम्पपीडितको सेवामा निरन्तर खटियो । यो जोडीले अन्ततः सिन्धुपाल्चोकमा नमूना वस्ती बनाएर पुनर्निर्माणको काम जनस्तरबाटै सम्भव छ भन्ने व्यवहारबाटै देखाइदिएको छ ।

अब राज्यतर्फ प्रश्न तेर्सिएको छ, भूकम्प पीडितहरुलाई छानोमुनि ल्याउनका लागि हामीलाई कति जोडी यस्ता धुर्मुस-सुन्तलीहरु चाहिएलान् ? र, यो प्रश्न राज्यतिरमात्रै होइन, तपाई हामी आम नागरिकतिर पनि सोझिएको छ । यो भएन र ऊ भएन भन्ने गुनासोमात्रै गरेर बस्नुभन्दा हामीले पनि धुर्मुस-सुन्तलीलेजस्तै राष्ट्रमा युग युगसम्म नाम रहनेगरी यस्तै काम गर्ने हो कि ?

giranchaur-basti-hastantaran-8पुनर्निर्माण प्राधिकरण एनजीओको आउट सोर्सिङ गर्ने र कमाउ धन्दा चलाउने निकाय बनिरहेका बेला के अब सीताराम कट्टेल वा कुञ्जना घिमिरेलाई नै प्राधीकरणको अध्यक्ष बनाइदिए कसो होला ?

यो पनि पढ्नुहोस्ः

 गिरानचौर नमूना बस्ती हस्तान्तरण गर्दै राष्ट्रपतिले भनिन्- सरकारलाई चुनौति

धुर्मुस र सुन्तलीले यसरी उभ्याए गिराञ्चौरमा नमूना वस्ती 

हेर्नुहोस् शुक्रबार गिरानचौरमा भएको वस्ती हस्तान्तरण कार्यक्रमका केही झलक 

giranchaur-basti-hastantaran-24

giranchaur-basti-hastantaran-23

giranchaur-basti-hastantaran-4

giranchaur-basti-hastantaran-10

giranchaur-basti-hastantaran-14

giranchaur-basti-hastantaran-1

giranchaur-basti-hastantaran-2

giranchaur-basti-hastantaran-19 giranchaur-basti-hastantaran-27

giranchaur-basti-hastantaran-26

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment