Comments Add Comment

युरोप भ्रमणमा रहेका रक्षामन्त्री खाँडलाई फ्रान्समा स्वागत

balkrishna-france

पेरिस । युरोप भ्रमणमा निस्किएका रक्षामन्त्री बालकृष्ण खाँड पेरिस पुगेका छन् । उनलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले एक कार्यक्रम बीच स्वागत गरेको छ ।

कार्यक्रममा सहभागीहरूले सरकारले भूकम्प पीडितलाई सम्बोधन गर्न धेरै ढिला गरेको भन्दै मन्त्रीको ध्यानआकार्षण गराएका थिए । यस्तै संबिधान कार्यान्वनका लागि दलहरु एकजुट हुनु पर्नेमा पनि सहभागीहरुले जोड दिएका थिए ।

राष्ट्रिय समन्वय परिषद् फ्रान्सका अध्यक्ष भक्त वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास फ्रान्सका उपनियोग प्रमुख राम बाबु ढकाल, संघका प्रमुख संरक्षक हरिहर अर्याल, भुपु अध्यक्ष निर्मल अर्याल, संघका वरिष्ट उपाध्यक्ष सुर्वण बिक्रम हमाल,महासचिव नरेन्द्र शाही ठकुरी, सचिव शिव पराजुली(कृष्ण), युवा प्रतिनिधि प्रविन सापकोटा, सदस्य किरण के.सी लगायतको सहभागीता रहेको थियो ।

यसैबीच सरकारी काम बिशेषले आएका भनिएका मन्त्री खाँड हाल बेल्जियम पुगेका छन् । तर कस्तो काम बिशेषले युरोप आएका हुन् भन्ने कुरा भने उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment