Comments Add Comment

म्याग्दी बेगखोलाका बाढीपीडितलाई स्पेनबाट सहयोग

badhipidit-rahat-1

स्पेन । म्याग्दी बेगखोलामा आएको बाढीका पीडितहरुका लागि स्पेनमा संकलन गरिएको राहत आज हस्तान्तरण गरिएको छ ।

बिहीबार बेगखोलमा आयोजित एक कार्यक्रमबीच खाद्यसामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा ६४ घर परिवारलाई एक-एक बोरा चामल, ५ किलो दाल, नून, एक लिटर तेल, तीन किलो चिनी, चियापत्ती लगायतका दैनिक उपभोग्य सामग्री वितरण गरिएको प्रबासी नेपाली मञ्च स्पेनका महासचिव लक्ष्मण शर्माले जानकारी दिए ।

मञ्चले स्पेनको नेपाली समुदायबाट रकम संकलन गर्दै पिडितलाई राहात बितरण गरेको हो ।

badhipidit-rahat

गत भदौ १६ गते राति आएको बाढीका कारण बेगखोलामा १२ घर परिवार विस्थापित हुनुका साथै एक जनाको ज्यान गएको थियो । पहिरोका कारण गाउँको जमिन भासिने, चक्ला परेर बग्न थालेपछि गाउँलेहरु आफन्तको घरमा शरण लिएर बसेका छन् ।

नेपालीहरुको महान चाड तिहारको अवसरमा मञ्चले पीडितलाई राहत दिएको हो । यसैबीच देवीस्थानका पहिरोपीडितलाई मञ्चले नगद १० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।

नेकपा एमाले वैकल्पिक पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर चारका सहसंयोजक गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा म्याग्दी ईन्चार्ज भूपेन्द्र थापा, नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ,प्रवासी नेपाली मञ्च स्पेनका संस्थापक अध्यक्ष पुष्पराज तिमिल्सिना लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment