Comments Add Comment

लक्ष्मी पूजाको रात छोराले आमाको हत्या गरे

murder१५ कात्तिक, गाईघाट । उदयपुरको कटारी नगरपालिका-२ बेलस्रोतस्थित सुकुम्वासी बस्तीका एक युवकले लक्ष्मीपूजाको दिन आमाको हत्या गरेका छन् ।

गएराति मादक पदार्थ सेवन गरेर घर आएका २२ वर्षीय कालीचन सदाले आमा फुलकुमारीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् ।

सामान्य वादविवादमा कालीचनले मध्यरातमा आमाको हत्या गरेको प्रहरी चौकी बेलस्रोतका प्रमुख प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए ।

कालीचनलाई प्रहरी चौकी बेलस्रोतले राति नै पक्राउ गरेको छ । फूलकुमारीको शव परीक्षणका लागि कटारी अस्पतालमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment