Comments Add Comment

पशुपति शर्मालाई पाँच आरोपः स्त्रीदेखि धनसम्म

pashupati-sharma_1नेपाली लोक दोहोरी गायनमा छुट्टै पहिचान स्थापना गर्न सफल छन् गायक पशुपति शर्मा । आफ्नै शब्द र संगीतमा मात्रै गाउने पशुपति प्रायः आफ्नो गीतमा आफैं मोडलिङ पनि गर्छन् । उनै गायक शर्मालाई अनलाइनखबरले लगाएको पाँच आरोप यस्तो छः

१. पशुपति शर्माले जस्तो पनि गाउन थाले, गीत छान्नै छाडे भन्ने गुनासो छ नि ?

म चाँहि त्यो कुरा मान्दिन । मैले जसको गीत पनि गाएको भए त्यसो भन्न मिल्थ्यो । तर, म अहिले पनि आफ्नै शब्द र संगीतमा मात्रै गाउँछु । आफुलाई चित्त नबुझेसम्म गाउँदै गाउँदिन । कतिपयले एउटै खालको गीत गायो भन्ने पनि सुनेको छु । मेरो गीत एउटै खालको छैन बरु अरुको तुलनामा मेरो गीत फरक छ ।

२. धेरै पैसामुखी हुनुहुन्छ रे, त्यसैले स्वदेशको भन्दा विदेशको कार्यक्रमलाई बढि महत्व दिनुहुन्छ रे ?

त्यो पनि हैन । आफ्नो देशको माटो भनेको आमा हो । आमालाई माया नगर्ने मान्छे म हुँदै हैन । जहाँसम्म विदेशलाई धेरै महत्व दियो भन्ने छ त्यो पनि हैन । मैले नेपालको कार्यक्रम छाडेर विदेश गएको छैन ।

यहाँ कार्यक्रम नभएको बेला मात्रै विदेश जाने गरेको छु । अर्को कुरा विदेशमा पनि नेपाली दाजुभाईहरुले नै कार्यक्रम गर्ने हो । उहाँहरुले बोलाउँदा गईन भने उहाँहरुले पनि त भन्न सक्नुहुन्छ नि पशुपतिले भाउ खोज्यो भनेर ।

३. बा, आमा र दाईको अगाडि बसेको बेला टिभी हेर्दै हुनुहुन्न रे ?

मैले पहिले-पहिले लुकेर गीत गाएको थाह पाउनेहरुले त्यस्तो आरोप लगाउनु भएको होला । अहिले त्यस्तो छैन । मैले गाएको कुरा घरमा सबैले स्वीकार्नुहुन्छ । अहिले त नराम्रो गरिस् पनि भन्नुहुन्न । एउटा कुरा चाँहि पक्का हो अहिले पनि मलाई ससुराली गाउँ र घर छेउमा हुने कार्यक्रममा गीत गाउन अप्ठेरो लाग्छ । घर छेउमै भएको कार्यक्रममा अहिलेसम्म गाएको छैन ।

४. एउटा गीतमा विवाद आएपछि सामाजिक सन्देशमुलक गीत गाउन छोड्नु भयो भन्ने छ नि ?

सन्देशमुलक गीत गाएपछि बढी नै विवाद आएको पक्का हो । त्यसपछि मलाइ पनि बढी नै आदर्श हाम्रो समाजलाई पच्दैन कि भन्ने लाग्यो ।

त्यसपछि पनि सन्देशयुक्त गीत नगाएको हैन । हामी स्वाभीमानी, मलाई अमेरिका यहि लगायत थुपै्र ब्यङ्ग्य गीत गाएको छु । अहिले चाँहि मनोरञ्जनमा सन्देश मिसाउन थालेको छु ।

५. स्टेजमा गाउँदा अगाडी राम्री केटि देेखेपछि लाजले भुतुक्कै हुनुहुन्छ रे हो ? पसिना खल्खली आउँछ रे ?

यो त सरासर गलत । राम्रीराम्री नानीहरु देखेपछि त झन् जोस आउँछ । जिस्क्याई-जिस्क्याई गाउँछु । आमा पुस्तामा आमाहरुलाई त सासु आमा भन्दै जिस्क्याएर गाउँछु भने राम्री केटि देख्दा लजाउने कुरै भएन नि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment