Comments Add Comment

मेरो जवानी हेर्दा गाह्रो भए टीभी बन्द गर्नुहोस्ः ज्योती मगर

jyoti-magar_5-aarop
सधै नै चर्चा र विवादमा रहन्छिन्, गायिका ज्योती मगर । गायनको अतिरिक्त मोडलिङमा समेत सक्रिय ज्योतीलाई अश्लिलता फैलाएको आरोप पटक-पटक लाग्ने गरेको छ । तर उनी यस्तो आरोप पटक्कै स्विकार्दिनन् । बरु आफूलाई ‘बोल्ड वुमन’ भन्न रुचाउँछिन् । प्राय म्युजिक भिडियोमा छोटा र पारदर्शी पोशाकमा प्रस्तुत हुने ज्योतिलाई अनलाइनखबरले लगाएका पाँच आरोपः

१. जवानी देखाएकै भरमा करिअर टिकाउनु भएको छ हैन ?
यो बेकारको आरोप हो । मलाई नबुझ्नेहरुले पहिला पनि यसो भन्थे अहिले पनि भन्छन् । छोटो लुगा लगाउँदैमा जवानी देखिने र लामो लुगा लगाउँदैमा जवानी छोपिने हैन । तपाईले देख्नु भएको होला नि सारीमा पनि महिलाको जवानी छताछुल्ल भएको ।

२. स्टेज कार्यक्रममा भल्गर रुपमा प्रस्तुत हुनुहुन्छ, स्वरका भरमा स्टेजमा अफर पाउनुहुन्न हो ?
स्टेज भनेको कानमा एअरफोन लगाएर गीत गाउने ठाउँ होइन । म जाने कार्यक्रममा आउने दर्शकहरु मलाई सुन्न मात्रै हैनन् हेर्न पनि आएका हुन् भन्नेमा म सचेत छु । जब कोही दर्शक टिकट काटेर मेरो गीत सुन्न र मलाई हेर्न आउँछ भने उसलाई मैले प्रफुल्लित बनाएर पठाउनुपर्छ । जहाँसम्म भल्गरको कुरा छ, नबुझ्नेहरुले मात्रै भनेका हुन् । म भल्गर हैन ग्ल्यामरस हुन्छु । मेरो त्यहि ग्ल्यामर दर्शकले मन पराउने गरेका छन् ।

३. गीतका शब्दमा पटक्कै मिहिनेत गर्नुहुन्न ? केवल ड्रेसअपमा ध्यान दिएर चलिन्छ त ?
म आफैंले गाएका पछिल्ला कतिपय गीत मलाई नै चित्त बुझेको छैन । यो साँचो हो । तर, फेरि म आफैं गीतकार हैन । मलाइ जस्तो गीत दिन्छन् त्यस्तै गाउने हो । अर्को कुरा, खै किन हो कुन्नी मैले गाउने भनेपछि गीतकारले पनि रोमान्टिक गीत नै लेख्छन् ।

४. कला क्षेत्रमा विकृति फैलाउदै हुनुहुन्छ । तपाईंको सिको गरेर अरुले पनि छोटो लाउन थालेका छन् ? तपाइले गर्दा लोकगीतमा विकृती नै आयो नी ?
आम्मामा । यो कुरा त कसरी पत्याउनु । ज्योती मगर यो उद्योगमा आउनु भन्दा पहिला नै, छोटा लुगा लगाउने केटीहरु धेरै थिए काठमाडौंमा । अहिले न्युरोड लगायत स्थानका सपिङ मलमा जानुस् त म भन्दा छोटो लुगा लगाएर हिंड्नेहरु कति छन् कति । यो चाँहि पक्का हो, छोटो लगाउने मन भएका तर, हिम्मत नभएकाहरुलाई मैले बाटो बनाइदिएको छु ।

५. ज्योतीको गीत आउँदा टीभी नै बन्द गर्नुपर्ने स्थिती छ, के तपाई परिवारसँग बसेर हेर्न मिल्ने गीत बनाउन सक्नुहुन्न ?
यो त झन् म मान्दै मान्दिन । आजसम्म टीभी नै बन्द गर्नुपर्ने गीत न मैले गाएकी छु न त मोडलिङ नै गरेको छु । तपाईहरुलाई साह्रै गार्‍हो भयो भने नहेर्नुस् । हेर्नैपर्छ भन्ने छैन । तर, मैले तिम्रो गीत आउँदा टीभी बन्द गरे भन्ने मान्छे आजसम्म भेटेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment