Comments Add Comment

मस्ती टकः मैले त सबैलाई हसाँए, तर म रुँदा हसाँउने कोहि भएनः जीतु नेपाल(भिडियो कुराकानी)

jitu-nepal-news

हाँस्य सिरियल ‘जीरे खुर्सानी’मा ‘मुन्द्रे’को क्यारेक्टर गरेपछि कलाकार जीतु नेपालको कमेडी करिअरले उचाई लियो । यो सिरियलमा अभिनय र निर्देशन दुबैको जिम्मा लिएपछि उनी रातारात स्टार भए । देश तथा विदेशमा आयोजना हुने स्टेज कार्यक्रममा जीतुको माग बढ्यो ।

उनै जीतु नेपालले निकै मस्तीको कुराकानी गरिने अनलाइनखबरसको ‘मस्ती टक’मा भने केहि भावनाको कुरा गरे । जीतुले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको क्यारिकेचर पनि गरे । उनले राम्रो विज्ञापन आउँदा आउँदै, राम्रो चर्चा पाउँदा-पाउँदै पनि नेपाली टेलिभिजनमा प्रशारण हुने हाँस्य सिरियल बन्द भएकोमा दुख व्यक्त गरे । उनले आफ्ना लागि टेलिभिजन कार्यक्रम सधै नै उच्च स्थानमा हुने पनि बताए ।

जीतुसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


उनीसँग कमेडी गर्दै गर्दाका धेरै तिता र मिठा अनुभव छन् । केहि समय अगाडि भारतीय कमेडियन कपिल शर्मा नेपाल आउँदा जीतु उनीसँगै पत्रकार सम्मेलनमा बसेका थिए । तर, कपिलको अगाडि जीतुलाई न त पत्रकारले प्रश्न नै सोधे न त उनलाई नेपालका कमेडियन हुन् भनेर कपिलसामु कसैले चिनाई नै दियो ।

यो कुराले निकै दुखित बनेका जीतुले अब कार्यक्रम गर्दा धेरै कुरामा ध्यान दिने बताए । जीतु भन्छन्-‘मैले त विश्वका अधिकांश देशमा पुगेर मानिस हसाँउने काम गरेको छु । तर, म रुँदा कसले हसाँउने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment