Comments Add Comment

वैदेशिक रोजगारीको नाममा हुने ठगी नियन्त्रण गरः संसदीय समिति

nepali-worker-baideshik-roj
९ मंसिर, काठमाडौं । व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीमा गएकालाई ठगी गर्नेलार्इ तत्काल कारबाही को दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

वैदेशिक रोजगारीमा गएकाहरु ठगिएको उजुरी समितिमा परेपछि बिहिबार बसेको बैठकले छानवीन गरी कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालय र श्रम मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हेा ।

खासगरी मलेसियामा गएका कामदारहरु ठगिनुमा म्यान पावर कम्पनी समेत दोषी रहेको हुन सक्ने उल्लेख गर्दै समितिका सभापति प्रभु साहले छिटो छानवीन गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।

सांसदहरुले बैदेशिक रोजगावश्यक समन्वय गरी पारदर्शी ढंगबाट वैदेशिक रोजगारीमा जाने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले रेमिटयान्सको भरपर्ने सरकारले कामदारहरुमाथि ठगी हुँदा समेत आवश्यक कदम चाल्न नसकेको भन्दै आक्रोश व्यक्त गरेे । एमाले सांसद माधवकुमार नेपालले वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

बैठकमा उपप्रधान एवम गृह मन्त्री विमलेन्द्र निधिले सरकारले आवश्यक कुटनीतिक पहल गरी नेपाली कामदार मलेसियामा बढी ठगिने गरेकोबारे छानवीन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले वैदेशिक रोजगारमा ठगी गरेकाहरुलाई कारबाहीको दायरामा ल्याउन आफूले तत्काल प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

मलेसियामा गएका नेपाली कामदारमाथि त्यहाँको कम्पनीले ठगी गरेको उजुरी समितिमा आएपछि समितिले सो सम्बन्धी छानवीन गर्न सरकारलाई सचेत गराएको हेा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment