Comments Add Comment

सराङकोटको मनोरम दृश्य (फोटो फिचर)

pokhara-sarangkot-7पोखराको नाम लिँदा हामी सबैले सराङकोटको पनि नाम लिने गर्छौं । प्रकृतिमा रमाउनेहरु हिमाल, ताल र गुफाहरुको सुन्दर नगरी पोखरा पुगेकै हुन्छन् । पोखरा हुँदै अन्नपूर्ण, पुनहिल, माथिल्लो मुस्ताङ पदयात्रामा जाने जो कोही पर्यटक पुग्ने ठाउँ हो, सराङकोट ।

सराङकोट सूर्योदयको रमणीय दृश्य हेर्नका लागि मात्रै प्रख्यात छैन, साहसिक खेल प्याराग्लाइडिङ र जिप फ्लायरका लागि पनि आन्तरिक र बाह्य पर्यटकबीच यो ठाउँ प्रिय छ ।

pokhara-sarangkot-6सराङकोटबाट सिंगो पोखरा उपत्यका र आँखै अगाडि माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्णलगायत दर्जनांै हिमाल हेर्न पाइन्छ । हिमाललाई अँगालोमा बाँधे जसरी फोटो खिच्न आगन्तुकहरु व्यस्त रहन्छन् । सौन्दर्यका पारखीहरु झुल्के घाममा अद्भूत सुन्दरता र न्यानोपन भेटेर रमाउँछन् ।

pokhara-sarangkot-8होटल माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराईका अनुसार, सूर्योदयको लोभलाग्दो दृश्य हेर्न दैनिक एक हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक सराङकोट आउने गर्छन् । पर्यटकको चापअनुसार बाटोको अवस्था भने राम्रो र फराकिलो नभएकाले आवत–जावतमा समस्या रहेको उनले बताए ।

pokhara-sarangkot-6 pokhara-sarangkot-9 pokhara-sarangkot-2 pokhara-sarangkot-3 pokhara-sarangkot-4 pokhara-sarangkot-14 pokhara-sarangkot-12  pokhara-sarangkot-10 pokhara-sarangkot-13

sarankot-1 sarankot-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment