Comments Add Comment

हुण्डाईका ठूला क्षमताका २ एक्स्काभेटर नेपाली बजारमा

hyundai-340-lc-7
१४ मंसिर, काठमाडौं । हुण्डाई कन्सट्रक्सन इक्वीपमेन्ट प्रालिले नेपालमा नयाँ माइनिङ एक्स्काभेटर सार्वजनिक गरेको छ । शारदा ग्रुपअन्तरगतको कन्स्ट्रक्सन सोलुसनले हुण्डाईका नयाँ आर ३४० एलसी र आर ३९० एलसी-९ मोडलका एक्स्काभेटरहरु सार्वजनिक गरेको हो ।

यि एक्स्काभेटरहरु ठूला आकार र क्षमता हुन् । नेपालको कुल हेभी इक्वीपमेन्ट बजारमा ३० प्रतिशत हिस्सा ओगट्ने हुण्डाइले ठूला खानीहरुमा प्रयोग गरिने एक्स्काभेटर सार्वजनिक गरेको छ ।

एक्स्काभेटर सार्वजनिक गर्दै कन्सट्रक्सन सोलुसनका डाइरेक्टर सन्दीप सारदाले नयाँ आएका एक्स्काभेटरले नेपालको आर्थिक, भौतिक तथा औद्योगिक विकासमा निकै टेवा पुर्‍याउने बताए । कम्पनीले आर ३४० एलसी-७ को र आर ३९० एलसी-९ को मूल्य भने सार्वजनिक गरेको छैन ।

‘चुनढुंगा, बालुवा लगायतका खानीमा यसको प्रयोग हुनेछ’ सारदाले भने,’हुण्डाईका हेभी इक्वीपमेन्टप्रति विश्वास थप बढाउन यी एक्स्काभेटर निकै उपयोगी हुनेछन् । यसले उद्योगहरुलाई पनि उत्पादकत्व वृद्धिका लागि सहयोग गर्नेछ ।’

कार्यक्रममा हुण्डाइ कन्सट्रक्सन इक्वीपमेन्ट कम्पनीका सेल्स एउण्ड मार्केटिङ जीएम सी एच क्वाकले हुण्डाइका हेभी उपकरणले नेपालमा राम्रो बजार लिएको भन्दै नयाँ एक्स्काभेटरले यसमा थप बल पुग्ने बताए ।

hyundai-1
‘हामीलाई विश्वास छ कि नयाँ एक्स्काभेटरले नेपालका विकासमा काममा सहजता आउनेछ र खानीहरुको सञ्चालनमा थप सहयोग पुग्नेछ’ उनले भने । उनले नेपालको पूर्वाधार विकासमा नयाँ प्रविधि महत्वपूर्ण रहेको बताए । उनले कन्स्ट्रक्सन सोलुसनले हेभी इक्वीपमेन्टको बजारको सेल्स र सपोर्टमा अगाडि आउने क्रममा रहेको दावी गरे ।

हुण्डाईले अहिले आर २२० एलसी-७, आर २१५ एलसी-७, आर १४०-एलसी ९, आर ८०-७ लगायतका एक्स्काभेटर बिक्री गरिरहेको छ । यि एक्स्काभेटरले लिएको बजारले कम्पनी उत्साहित रहेको कार्यक्रममा जानकारी दिए ।

नेपालमा अबको ३/४ वर्षमा हेभी इक्वीपमेन्टको बजार १५ देखि ३० प्रतिशतले बढ्ने अनुमान छ । हुण्डाईका हेभी इक्वीपमेन्ट अहिले १७५ भन्दाब बढी देशमा बिक्री हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment