Comments Add Comment

७५ प्रतिशत इन्टरनेट प्रयोग स्मार्टफोनबाट

smartphone-copyविश्वमा रहेका इन्टरनेट प्रयोगकर्तामध्ये झण्डै तिन चौथाइ प्रयोगकर्ताले स्मार्टफोनबाटै इन्टरनेट चलाउने एक तथ्यांकले देखाएको छ । आगामी वर्ष सन् २०१७ सम्ममा ७५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले आफुले चाहेको अनलाइन सामाग्री स्मार्टफोनबाटै प्राप्त गर्ने रिपोर्टमा उल्लेख छ ।

अहिले विश्वका ७१ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले स्मार्टफोनबाट इन्टरनेट चलाउँछन् ।  तथ्यांक अनुसार पछिल्लो ४ वर्षमा विश्वमा इन्टरनेटको प्रयाग ३० प्रतिशतले बढेको छ । ४ वर्षअघि इन्टरनेट प्रयोगकर्ता ४० प्रतिशत रहेकोमा अहिले विश्वका सयमा ७० जना इन्टरनेटको पहुँचमा पुगेका छन् ।

मार्केटिंग कम्पनी जेनिथ मिडियाले सार्वजनिक गरेको मोबाइल एडभरटाइजिंग फोरकास्ट रिपोर्ट अनुसार विश्वमा मोबाइलमा सबैभन्दा धेरै इन्टरनेट चलाउने देश स्पेन हो । त्यहाँ कुल इन्टरनेट प्रयोगकर्तामध्ये ८५ प्रतिशतले स्मार्टफोनबाट इन्टरनेट चलाउँछन् ।

दोश्रो नम्बरमा हंगकंग छ भने तेश्रोमा चीन रहेको छ । त्यस्तै चौथोमा अमेरिका रहेको छ । इटाली र भारत पाचौँ स्थानमा रहेका छन् जहाँ सयमा ७३ इन्टरनेट प्रयोगकर्ताले स्मार्टफोनबाट इन्टरनेट चलाउँछन् ।

सन् २०१८ सम्ममा भने हंगकंग स्मार्टफोनमा सबैभन्दा धेरै इन्टरनेट चलाउने देशको रुपमा पहिलो नम्बर आउने अनुमान गरिएको छ । दुइ वर्ष भित्रमा हंगकंगको उक्त आँकडा ८९ प्रतिशत पुग्नेछ ।

जेनिथ कम्पनीले विभिन्न ६० देशमा अध्ययन गरी यस्तो निष्कर्ष निकालेको हो ।सन् २०१८ सम्ममा अध्ययन गरिएका ६० वटा देशमा ६३ प्रतिशत जनताको हातमा मोबाइल फोन पुग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment