Comments Add Comment

क्रेजी रुपमा मन पराउने धेरै छन्ः मेलिना मानन्धर(भिडियो कुराकानी)

melina-manandhar-01

नायिका मेलिना मानन्धरले पति मुकेश ढकाललाई चलचित्रमा चुम्बन नदिनु भनिन् । केहि बर्ष अगाडि मुकेशले चलचित्रमा नायिकासँग चुम्बनको दृश्य दिए । उनलाई त नेपालको ‘इमरान हाश्मी’ भन्नेहरु पनि थिए । मेलिनाले आफूले पनि यो कुरा सुनेको र त्यसले आफूलाई फरक नपारेको बताइन् । कलाकार भएको नाताले एकले अर्कालाई वुझ्नपर्छ भन्ने उनको भनाई छ ।

आफूले अभिनय गरिरहेको चलचित्र ‘रोमियो’को भूमिकामा बारेमा पनि अमेरिकामा रहेका पति मुकेशलाई जानकारी दिएको उनको भनाई छ । आफूहरुले एकलाई अर्कोलाई वुझ्ने उनले सुनाइन् ।

आफूले पहिले नै गरेको भूमिका अब नगर्ने उनको भनाई छ । कुनै समय चलचित्रको पर्दामा नायकसँग रोमान्स गरेकी मेलिनालाई अब उस्तै रोल गर्न मन छैन ।
उनले आफ्नो फिगर र सुन्दरता देखेर डाहा गर्नेहरु नभएको तर प्रशंसा गर्नेहरु भएको बताइन् । बिहे गरेपछि पनि आफूलाई मन पराउने, राम्रो लाग्छ भन्नेहरु भएको उनले अनलाइनखबरलाई बताइन् । बिहे गर्छु त भन्ने नआएको उनको भनाई छ ।

मेलिनासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः


आफूले ओके भनेको खण्डमा बिहे गर्न राजी हुनेहरु पनि धेरै भएको मेलिनाको भनाई छ । बिहे भन्दा अगाडि आफूलाई मन पराउने धेरै भएको तर आफूले काममा नै फोकस गरेको मेलिनाले जानकारी दिइन् । मेलिना लामो समयपछि चलचित्र ‘रोमियो’मा काम गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment