Comments Add Comment

संविधान संशोधनविरुद्ध काठमाडौंमा एमालेको प्रदर्शन, सरकारी गाडी तोडफोड

uml-protest

१५ मंसिर, काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकविरुद्ध नेकपा एमालेका भ्रातृ संगठनले राजधानीमा  प्रदर्शन गरेको छ ।

एमालेका भ्रातृ संगठन युवा संघ र अखिलको आहृवानमा प्रदर्शन भएको हो । एमाले कार्यकर्ताहरुले बानेश्वर क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । सो क्षेत्रमा सवारी आवत-जावत समेत प्रभावित भयो ।

त्यसक्रममा प्रदर्शनकारीहरुले बा १ झ ८११३ नम्बरको सरकारी गाडीमा तोडफोड गरेका छन् । गाडीको पछाडिको सिसा फुटेको छ ।

युवा संघ र अखिलले सरकारले मुलुकको राष्ट्रिय अखण्डता र एकता बिथोल्ने गरी संविधान संशोधन गर्न खोजेको आरोप लगाएका छन् । विरोधसभालाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष राजिव पहारीले सरकारले भारतीय विस्तारबादको एजेण्डा अनुसार नेपालको राष्ट्रिय अखण्डता भाँड्न संसोधन प्रस्ताव ल्याएको आरोप लगाए ।

विरोध प्रर्दशनका क्रममा युवाहरुले सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावको प्रति समेत जलाए ।

 

uml-gadi-todfod

uml-protest-1

uml-protest

तस्वीर: श्रीधर पौडेल /अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment