Comments Add Comment

मस्ती टकः बिहेपछि पनि लभ भयो, लुकिछिपी डेटिङ जान्थेँ(भिडियो कुराकानी)

'जीया मेरी मिल्ने साथी हुन्, सँगै बसेको छैन'

bhuwan

नेपाली चलचित्रका सुपरस्टार तथा सदाबाहार नायक हुन् भूवन केसी । केहि दिन अगाडि मात्र अमेरिकाबाट फर्किएका भूवनलाई अहिले ज्वरोले सताएको छ । अमेरिकामा हिउँ खेल्दा चिसोले ज्वरो आएको भूवनको भनाई छ । अनलाइनखबरसँग ‘मस्ती टक’मा रमाइलो कुरा गर्ने क्रममा भूवनले निकै सोचेर जवाफ दिए । कलाकारले कुन कुरा बोल्ने र कुन नबोल्ने भन्ने बारेमा सोच्नु पर्ने भन्दै भूवनले सोचेरै जवाफ दिए ।

भूवनले आफूलाई पहिलो पटक जाँदा अमेरिका रमाइलो लागेपनि अहिले भने खासै रमाइलो नलाग्ने बताए । अमेरिका पुगेको १० दिनभित्र नै नेपाल फर्कन  मन लाग्ने भूवनले सुनाए ।

आफूलाई सबै प्रकारका संगीत मनपर्ने भन्दै उनले गाडीमा घुम्न, राम्रा-राम्रा कपडा लगाउन मन लाग्ने बताए । पहिरनको मामलामा भूवन सधै नै चर्चामा रहन्छन् ।
उनले सबै पहिरन आफूले नै छान्ने बताए । आफ्नो जीन्दगीको आधा कमाई पहिरनमा नै गएको उनले सुनाए । आफ्नो घरमा ८-१० वटा दराजमा लूगा भएको उनले बताए ।

भूवनसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

तपाइलाई किन बारम्बार महिलासँग जोडिन्छ भन्ने प्रश्नमा भूवनले भने-‘म रोमान्टिक हिरो हुँ । म चलचित्रमा जस्तो रोमान्टिक छु, बाहिर पनि उस्तै रोमान्टिक छु ।’
आफूले बोल्ने ‘बाबा, बाबु’ भन्ने शब्दमा प्रेम भएको र त्यसले गर्दा पनि धेरै आकर्षित भएको हुनसक्ने भूवनको वुझाई छ । आफ्नो जीवनमा धेरै महिला साथी भएको भन्दै उनले संसारभर जहाँ गएपनि प्रेम पाउने गरेको बताए ।

बिहे भन्दा अगाडि कति जना महिलासँग प्रेम थियो भन्ने प्रश्नमा भूवन केहिबेर सोचमा पुगे । उनले भने-‘थियो होला २-३ जनासँँग । नायक हुनु भन्दा अगाडि म गायक थिएँ ।’

बिहेपछि पनि आफू प्रेममा परेको, डेटिङ गएको उनले खुलाए । डेटिङ जाँदा श्रीमतिबाट कुनै प्रतिक्रिया आउँदैनथ्यो भन्ने प्रश्नमा उनले भने-‘उहाँ रिसाउनु त हुन्थ्यो, तर पनि लुकिछिपी जान्थेँ ।’

नायिका जीया केसीसँग आफू लिभिङ टूगेदरमा नरहेको खुलस्त पार्दै भूवनले उनी आफ्नो मिल्ने साथी भएको बताए । जीया आफ्नो घरमा आउने, खाना खाने गरेपनि सँगै भने नवसेको भूवनको भनाई छ ।

छोरा अनमोल केसीसँग आफूले प्रेम, व्यवहारिक कुरा गर्ने गरेको र उनी आफ्नो मिल्ने साथी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment