Comments Add Comment

काँचले बनेको आइफोन ८ मा हुनेछन् यी फिचर्स

iphone-8-will-be-all-glass2स्मार्टफोन बजारमा नयाँ आइफोन लञ्च हुनुअघि जतिधेरै हल्ला, अफवाह तथा अनुमानका समाचारहरु आउँछन् सायदै अरु स्मार्टफोनका बारेमा आउलान् ।

यसैबीचमा एप्पलको आगामी संस्करण आइफोन एटका बारेमा पनि विभिन्न खाले समाचार बाहिर आएका छन् । खबरहरुका अनुसार आइफोन एट पूरैँ काँचको हुनेछ । त्यसका साथै यसमा विभिन्न खाले नौला तथा खास फिचरहरु पनि रहनेछन् ।

एप्पलका प्रडक्टबारेको चर्चित विश्लेषक, केजिआइ सेक्योरिटिजका मिंग ची कुओका अनुसार आइफोन ८ को पूरै बडी काँचको हुनेछ र यो सन् २०१७ मा बजारमा आउनेछ । साथै उक्त फोनमा एमोलेड स्क्रिन रहनेछ । पूरै काँचको खोलका कारण आइफोन एट केही गह्रौँ हुने भएकाले एमोलेड स्क्रिन उत्तम विकल्प भएको उनी बताउँछन् ।

काँचको खोल भएका कारण आइफोन एट निकै कमजोर पो हुनेभयो भन्ने सोँच्नुभएको छ भने तपाइँ गलत हुनुहुन्छ । स्मरण रहोस् की एप्पलले प्राइमरी शेल कन्स्ट्रक्सन मेटेरियल्सको रुपमा पहिले पनि आइफोन फोर तथा फोर एसका लागि काँचको प्रयोग गरिसकेको छ ।

अलग्लास बडीले आइफोनलाई केवल नयाँ लुक्समात्र दिनेछैन बजार प्रतिस्पर्धामा पनि एक कदम अघि राख्नेछ । किनकी सामसुंगले आफ्नो पछिल्लो ग्यालेक्सी एस सेभेन र एस सेभेन एजमा कभर ब्याकमा काँच राखेर नयाँ मापदण्ड तय गरिसकेको छ ।

चर्चा अनुसार आइफोन एटमा वायरलेस चार्जर पनि हुनेछ । प्रयोगकर्ताले एक इन्डक्टिभ प्याडको सहायताले आफ्नो आइफोन चार्ज गर्न सक्नेछन् । अहिले मेटल बडीवाला केही उच्च गुणस्तरीय स्मार्टफोनहरुले यहीँ प्रविधिको प्रयोग गरिरहेका छन् । काँचको बडीले वायरलेस चार्जिंग निकै सजिलो बनाउनेछ ।

पहिले एप्पलको धारणा थियो की प्रयोगकर्ताले एकपटक आइफोन किनिसकेपछि त्यो कम्तिमा ३ वर्ष टिकोस् । तर अहिले उसको रणनीति बदलिएको छ र हरेक वर्ष अपग्रेडमा केन्द्रित भैरहेको छ । छिटो छिटो डिजाइनमा स्तरोन्नती गर्नुको अर्थ के भने प्रयोगकर्तालाई हरेक वर्ष फ्रेस लुकिग आइफोन प्राप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment