Comments Add Comment

इन्टरनेटबाट आफूलाई अलग गर्न चाहनुहुन्छ ? अपनाउनुस् यी २ काइदा

laptopके तपाइँ इन्टरनेटको दुनियाबाट बाहिरिन चाहनुहुन्छ ? त्यसो हो भने धेरै ठूलो चिन्ता लिइरहनु पर्दैन । अहिलेको अनलइनको दुनियामा इन्टरनेटमा लत बसाल्ने चिजहरु त छँदैछन् लत छुटाउने उपायहरुको पनि कमी छैन ।

डिसिट नामक वेबसाइट सबैभन्दा उत्तम उपाय हो यो बाटोमा । यसमा प्रयोगकर्ताहरुले आफुलाई आफ्नो जिमेल अकाउन्टबाट आबद्ध गरेर आफुलाई अन्ततः इन्टरनेटको संजालबाट मुक्त गर्न सक्दछन् ।

सुरुमा यो वेबसाइटमा गई गुगल अकाउन्ट लगइन गरिसकेपछि यसले तपाइँले आफ्नो जिमेल ठेगानासँग आबद्ध गराएका सबै खाले अनलाइन सर्भिस, वेबसाइट र मेलिंग लिष्ट पत्ता लगाउँछ । यसमा तपाइँको खाता रहेको सोसल नेटवर्किंग साइट, डेटिंग वेबसाइट तथा अनलाइन स्टोर पनि समावेश हुन्छन् । तपाइँ जतिधेरै इन्टरनेट नेटवर्कमा आबद्ध हुनुहुन्छ ती सबै पत्ता लगाउन यो वेबसाइटलाई उति नै धेरै समय लाग्नेछ ।

तपाइका अनलाइन आबद्धता पत्ता लगाइसकेपछि डिसिटमी ले सबै अकाउन्ट तथा अनलाइन सर्भिसको सूचि देखाइदिन्छ र त्यसको दायाँ साइडमा डिलिट गर्ने वा अनसब्सक्राइब गर्ने लिंक उपलब्ध गराउँछ ।

खासगरी पहिले कुनैबेला प्रयोग गर्ने भएप्नि हाल प्रयोग नगर्ने पूराना साइट तथा अनलाइन सर्भिसहरु पत्ता लगाएर आफुलाई अलग गर्नका लागि यो काइदा निकै उत्तम हुन्छ । यद्यपि यो सेवा अहिले केवल जिमेल ठेगाना भएकाहरुका लागि मात्र उपलब्ध छ ।

तपाइँलाई जिमेलमा विभिन्न न्युजलेटरहरुका बारेमा जानकारीमूलक इमेल निरन्तर आएर हैरान हुनुहुन्छ ? यदि त्यसो हो भने Unroll.me नामक वेबसाइट तपाइँका लागि कामयावी हुनेछ । यो जिमेलका लागि मात्र नभएर सबै इमेल प्रयोगकर्ताले उपयोग गर्न सक्दछन् । खासगरी न्युजलेटरलाई अनसब्सक्राइब गरेर इनबक्समा इमेल भरिरहने झण्झटबाट मुक्ति पाउन यो साइट सबैभन्दा उत्तम उपाय हो ।

यसले पनि तपाइँको इमेलमा पठाउने न्युजलेटरहरुको सूचि बनाइदिन्छ र उक्त सूचिसँगै त्यसलाई अनसब्सक्राइब गर्ने लिंक पनि उपलब्ध गराउँछ । तपाइँले एक क्लिकमा अनसब्सक्राइब गरेर इमेल आइरहने झण्झट हटाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment