Comments Add Comment

तस्वीरमा चिनियाँ फोटोग्राफरको नेपाल प्रेम

नेपालका ९ हजार तस्वीर खिचे चिनियाँ पत्रकारले

dav
dav

१७ मंसिर, काठमाडौं । सिनामंगलस्थित सूचना विभागको हलमा शुक्रबार बेग्लैखालको वातावरण थियो । त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीको युनान प्रान्तीय कमिटी अन्तरगत पब्लिक डिपार्टमेन्टका उपनिर्देशक लु योङमिङ उपस्थित थिए । र, उनका साथमा चीनका एक चर्चित फोटोग्राफर यिन स्याओजुनसहित अन्य १२ चिनियाँ पत्रकार ।

चिनियाँ फोटोग्राफर यिन सियाओजुन चीनका पुराना फोटोग्राफर हुन् । उनले सन् १९८० को दशकमा खिचेका तस्वीरहरु यतिबेला बेइजिङको नेशनल म्युजियममा सजिएका छन् । बेइजिङमा मात्रै होइन, उनका तस्वीरहरु चीनका अन्य सहरमा रहेका म्युजियममा पनि सजिएको झाओ जिनले शुक्रबार सूचना विभागमा आयोजित कार्यक्रममा बताइन् ।

dav
dav

उनै चर्चित चिनियाँ फोटो ग्राफर नेपालमा भूकम्प आउनुअघि काठमाडौं र लुम्बिनी लगायतका सहरहरुमा डुलेका थिए । उनीसँगै चिनियाँ पत्रकारको टोली नेपाल आएको थियो । त्यसबेला उनले खिचेका तस्वीरहरु चीनको युआन प्रान्तमा प्रसारित गरिएको र चीनमा नेपाललाई चिनाउन यसले मद्दत पुर्‍याएको चिनियाँ पत्रकारले बताए ।

चिनियाँ फोटोग्राफरले खिचेका ती तस्वीरहरुको शुक्रबार सुचना विभागमा प्रदर्शन गरियो । साथै चिनियाँ पत्रकारले खिचेका ऐतिहासिक तस्वीरहरु प्रेस काउन्सिलमार्फत नेपाललाई हस्तान्तरणसमेत गरियो । कार्यक्रममा चिनियाँ पत्रकारको टोलीको नेतृत्व गरेका लु योङमिङले नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठलाई ती तस्वीरहरु हस्तान्तरण गरिएको थियो ।

Stitched Panorama
Stitched Panorama

साथै प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीलाई पनि चिनियाँ फोटोग्राफरले खिचेका तस्वीर उपहार दिइएको थियो ।
विभिन्न पुरातात्विक मन्दिरहरु, वौद्ध स्तुपा एवं संस्कृति र जनजीवन झल्काउने ती तस्वीरले चीनमा नेपाललाई चिनाउने काम गरेको कार्यक्रममा वक्ताहरुले बताए ।

कार्यक्रममा बोल्दै नेपाल-चाइना मिडिया फोरमका अध्यक्ष श्रेष्ठले नेपाल र चीनवीचको सम्बन्ध मामा-भाञ्जाका रुपमा रहेको बताए । नेपाली चेली भृकुटीसँग विवाह सम्बन्ध गाँसिएकाले चिनियाँहरुका लागि नेपाल मावलीघर भएको बताए ।

कार्यक्रममा बोल्दै चिनियाँ नेता लु योङमिङले नेपाल र चीनवीचको सम्बन्ध पुरानो रहेको बताउँदै केपी ओलीका पालामा भएको भ्रमण र सहयोग आदान-प्रदानको समेत स्मरण गरे ।

Stitched Panorama
Stitched Panorama

फोटोग्राफर यिन ले नेपालका ९ हजार तस्वीर खिचेको र यसमा वौद्ध संस्कृति झल्कने तस्वीरहरु बढी रहेको बताए ।

हेर्नुहोस् चिनियाँ फोटोग्राफरले खिचेका केही तस्वीर

Stitched Panorama
Stitched Panorama

 

Stitched Panorama
Stitched Panorama
Stitched Panorama
Stitched Panorama
Stitched Panorama
Stitched Panorama
Stitched Panorama
Stitched Panorama
Stitched Panorama
Stitched Panorama
Stitched Panorama
Stitched Panorama
Stitched Panorama
Stitched Panorama

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment