Comments Add Comment

अवार्डमा पुगेकी करिश्मा स्टेजमा चढ्नुपर्दा किन रिसाइन् ?

karishma
बंगाली पहिरन लगाएर शनिबार आयोजना भएको ‘दोश्रो कामना फिल्म अवार्ड’मा पुगेकी नायिका करिश्मा मानन्धर एकाएक रिसाइन् । रेड कार्पेटमा स्टाइलिस्ट करिश्माको पहिरन चर्चा खुबै भयो । हुनत, करिश्मा अधिकांश अवार्ड कार्यक्रममा पुगेकी हुन्छिन् ।

उनै, करिश्मालाई अवार्ड कार्यक्रम चलिरहँदा भने खुबै रिस उठ्यो । जब, उत्कृष्ट नायिकाको अवार्ड वितरण गर्ने बेला भयो, आयोजकले करिश्मालाई फेरि स्टेजमा बोलायो ।

यस अगाडि पनि करिश्मा स्टेजमा पुगिसकेकी थिइन् । करिश्मा फेरि स्टेजमा बोलाउन आयोजक आएपछि रिसाइन् र भनिन्-‘ अरु कोहि छैन, जतिबेला पनि मलाई नै बोलाउनु पर्ने । एकैचोटी बोलाउनुपर्छ नि ।’

करिश्मा रिसाउँदै स्टेजमा चढिन् र उत्कृष्ट नायिका, उत्कृष्ट नायक लगायतको विधामा अवार्ड दिइन् । अन्तिमसम्ममा हल ८० प्रतिशत खाली भैसकेको थियो । केहि फोटोग्राफर र अवार्डको नोमिनेशनमा परेका बाहेक अरु हलबाट हिडिसकेका थिए ।

सायद यहि कारणले हुनसक्छ, अवार्ड वितरण गर्नका लागि करिश्मालाई नै बारम्बार आयोजकले बोलाएको थियो । तर, करिश्मालाई भने बारम्बार अवार्ड वितरण गर्न बोलाएपछि रिस उठ्यो र उनी झर्किइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment