Comments Add Comment

जहाँ महिलाहरुले पछ्यौरीमै लेखेका हुन्छन् आफन्तको नाम र मोबाइल नम्बर

women-emborहिन्दी फिल्म गजनीमा मुख्य पात्रले स्मरणशक्ति निकै कमजोर हुनुका कारण मानिसहरुको नाम तथा मोबाइल नम्बर आफ्नो सरीरमा लेख्ने गरेको त हेर्नुभएकै होला । लगभग गजनीकै सिको गर्दै यद्यपि जिउमा नभै जिउमा लगाउने कपडामा नाम तथा मोबाइल नम्बर लेख्ने चलन भारतको एक आदिवासी समुदायका महिलाले चलाएका छन् ।

राजस्थानको कोटडा क्षेत्रका आदिवासी महिलाहरुले पहिचान तथा अपनत्वको भावलाई अझै ससक्त बनाउनका लागि यस्तो उपाय अपनाएका हुन् । उनीहरुले भुल्ने रोगका कारण यसो गरेका भने होइनन् ।

महिलाहरुले आफुले लगाउने पछ्यौरीमा आफ्नो सँगै आफ्ना नजिकका नातेदारको नाम तथा फोन नम्बर धागोले सिलाएर लेखाउँछन् । यो तरिका आफ्नो परिचय अरुलाई दिन तथा नातेदारप्रति आफ्नोपन देखाउने अनौठो तरिका बनेको छ ।

पछ्यौरीमै नाम र मोबाइल नम्बर राखेपछि किन चाहियो फोन नम्बर टिप्ने डायरी ? अनि किन पो मोबाइल फोनमा डायल गरी नम्बर सेभ गरिरहनु पर्यो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment