Comments Add Comment

सोसल साइट इन्स्टाग्राममा यी हुन् सबैभन्दा चर्चित १० सेलिब्रेटी

selena-gomezगायिका सेलेना गोमेज इन्स्टाग्राममा सबैभन्दा लोकप्रिय सेलिब्रेटी बनेकी छिन् । यो वर्ष इन्स्टाग्राममा सबैभनदा धेरै मन पराइएका १० फोटो मध्ये ८ वटा फोटो तथा १० भिडियो मध्ये ७ वटा भिडियो गोमेजकै रहे ।

२४ वर्षीया सेलेना गोमेजको इस्टाग्राममा १० करोड ३० लाख फलोअर्स छन् ।

taylor-swiftदोश्रो स्थानमा पनि अमेरिकी पप गायिका नै परेकी छिन् । दोश्रो स्थानकी टेलर स्विफ्टका ९ करोड ४० लाख फलोअर्स छन् । उनी अघिल्लो वर्ष इन्स्टाग्राममा सबैभन्दा लोकप्रिय सेलिब्रेटी थिइन् तर अहिले सेलेनाभन्दा पछि परिन् ।

kim-kardashianतेश्रो स्थानमा गायिका एरियाना ग्रान्डेका ८ करोड ९६ लाख  र चौथो स्थानमा बियोन्सेका ८ करोड ८९ लाख फलोअर्स रहेका छन् । पाँचौ स्थानमा भने टिभी स्टार किम कार्दाशिन छिन् । उनलाई इन्स्टाग्राममा ८ करोड ७८ लाखले पछ्याउँछन् ।

Ronaldoइन्स्टाग्राममा सबैभन्दा लोकप्रिय सेलिब्रेटीको छैटौँ स्थानमा फुटबल खेलाडि क्रिस्टियानो रोनाल्डो छन् । उनी इन्स्टाग्राममा सबैभन्दा लोकप्रिय पुरुष सेलिब्रेटी बन्न सफल भए । रोनाल्डोका ८ करोड २३ लाख फलोअर्स छन् ।

dwayne-johnsonइन्स्टाग्रामका टपटेन लोकप्रिय सेलिब्रेटीमा महिलाकै प्रभुत्व रह्यो । त्यसमा ८ जना महिला रहे भने केवल २ जना मात्र पुरुष रहे । क्रिस्टियानो रोनाल्डो छैटौँ स्थानमा रहँदा ड्वाने द रक जोन्सन आठौँ नम्बरमा परेका छन् ।

सातौँ नम्बरकव् केली जेनरका फलोअर्स ७ करोड ९५ लाख छन् भने आठौँ स्थानका जोन्सनका ७ करोड १० लाख छन् ।

nicki-minajनबौँ स्थानमा निक्की मिनाज छिन् र उनका ६ करोड ९० लाख फलोअर्स छन् । दशौँ स्थानमा रहेकी केन्डल जेनरलाई इस्टाग्राममा पछ्याउनेको संख्या ६ करोड ८९ लाख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment