Comments Add Comment

कोलम्बिया बिमान दुर्घटनाः यस्तो रहृयो चापेकोएन्सीको अन्तिम बिदाई

chapecoense-club-ground

ब्राजिलियन सहर चापेकोका बासिन्दा गत सोमबार भएको बिमान दुर्घटनामा मृत्यु भएका चापेकोएन्सी फुटबल टिमलाई अन्तिम श्रद्धाञ्जलि दिन सडकमा निस्किए ।

चापेकोको कुल जनसङ्ख्याको झण्डै आधा, करीव १ लाख मानिसहरु आफ्नो टिमलाई अन्तिम बिदाई गर्न चापेकोएन्सीको घरेलु मैदानमा भेला भएका थिए । २० हजार क्षमताको रंगशालामा समर्थकहरु आटाएका थिएनन् ।

भारी बषर्ामा टोपी लगाएका सैनिक जवानहरुले आफ्नो काँधमा दुर्घटनाका मृतकहरुको कफिन बोकेर मैदान परिक्रमा गरेका थिए ।

chapecoense-club-3

बोलिभियाली पाइलट मिगुएल क्वीरोगाले कोलम्बियाली अधिकारीहरुलाई बिमानमा पर्याप्त इन्धन छ भनेर झुट बोलेको पाइएको छ । जहाँ इन्धन सकिएरै ७१ जनाको असामयिक निधन भएको थियो ।

पाइलट क्वीरोगाको उडान योजनामा पनि सान्टा क्रुजदेखि मेडेलिनसम्मको अनुमानित यात्रा ४ घण्टा २२ मिनेटको थियो र बिमानमा रहेको इन्धनको क्षमता पनि ४ घण्टा २२ मिनेटनै थियो । यसबाट के पुष्टि हुन्छ भने पाइलटले आकस्मिक प्रायोजनका लागि इन्धनको जोहो गर्ने रुची देखाएनन् ।

chapecoense-club

तर कोलम्बियाली अधिकारीहरुलाई दिइएको रिपोर्टमा मेडेलिनदेखि ५०० माइल टाढा रहेको कोविजामा आइपुग्ला बिमानमा अझै ९० मिनेटसम्मका लागि इन्धन रहेको उल्लेख थियो ।

दक्षिणी ब्राजिलको सानो सहर चापेकोको स्थानीय एयरपोर्टमा ब्राजिल एयरफोर्सको हर्कुलस बिमान ल्याण्ड गर्दैगर्दा नजिकैको रंगशालामा उपस्थित लाखौं जनताले आफ्ना खेलाडीको अन्तिम बिदाइ कुरिरहेका थिए ।

यस सानो शहरमा आफ्नो खेलाडीको बिदाइका लागि बिशाल उपस्थिति जनायो । कोलम्बियाको मेडेलिनमा दुर्घटनापछि पूर्ण टिम ध्वस्त हुनुअघि इतिहासकै स्वणिर्म सिजन बिताएको चापेकोएन्सी रियल क्लवले आफ्नालागि सबैभन्दा ठूलो प्रतियोगिताको फाइनल खेल्दै थियो । यो टिम ब्राजिलको ए डिभिजनमा अहिले नोवौं स्थानमा छ ।

chapecoense-club-1

आफ्ना खेलाडीको अन्तिम बिदाइका लागि चापेको शहरको सडकमा रंगशालामा भन्दा करीव ५ गुणा धेरै मानिसहरु जम्मा भएका थिए । यो शहरमा २ लाख १० हजार जनसंख्या छन् ।

कफिनमा थुनिएर आएका आफ्ना खेलाडीहरुलाई अन्तिम बिदाइ गर्नेको भिडमा बषर्ाको पर्बाह नगरी, रोएर रातो भएका आँखा लिएर अफ्नी १० बर्षीया छोरीसहित उपस्थित थिए मेकानिक रुइ एलोन्सो थोमस ।

‘हामी हरेक खेल हेर्न यहाँ आउथ्यौं, बर्षामा होस या घाम लाग्दा । हाम्रो सपना आखिरमा साकार हुन लागिरहेको थियो । यो म शब्दमा प्रस्तुत गर्न सक्दिन ।’ आँखाभरि आँसु बनाउँदै उनले भने ।

chapecoense-club-fan

‘यो शोकबाट उत्रन चापेकोलाई लामो समय लाग्नेछ । तर म स्टेडियम आइराख्नेछु ।’

३४ बर्षीय आर्किटेक अलेजान्द्रे ब्लेडिनले भने, ‘म हाम्रा खेलाडीहरुलाई समर्थकको तर्फबाट अन्तिम बिदाई गर्न उपस्थित भएको हुँ । के भइरहेको छ मैले अझैसम्म पनि विश्वास गर्न सकिरहेको छैन ।’

‘म बिहान सबेरैदेखि यहाँ आएको छु ।’ १९ बर्षीया चाइन लोरेन्जेट्टीले भनिन् । उनी स्थानीय सुपरमार्केटमा काम गर्छिन जहाँ क्लवका खेलाडी र अफिसियलहरु अक्सर गइरहन्थे ।

‘मैले मेरा केहि ग्रहाकहरुलाई अव कहिल्यै देख्न पाउँदिन । यस्तो बिनासकारी दिनले सधैं रुवाइराख्नेछ ।’

chapecoense-club-2

तीन वटा हर्कुलस बिमानमा कोलम्बियाबाट ल्याइएको कफिनलाई इन्धन भर्न अमेजन शहरको मनाउस ल्याण्ड गरिएका बेला दुईवटा बिमानमा राखिएको थियो ।

ब्राजिलियन एयरफोर्सका अनुसार स्थानीय अधिकारी र जनताहरुले दुर्घटनाका मृतक खेलाडीहरुलाई श्रद्धाञ्जलि दिन माग गरेपछि बिमान त्यहाँबाट उड्न २ घण्टा ढिला भएको थियो ।

चापेको पुर्‍याइएको खेलाडीको शवलाई त्यहाँको एरेना कोण्डा रंगशालाको मैदानमा करीव तीन घण्टा राखिएको थियो । जहाँ समर्थकहरुले टिमलाई अन्तिम बिदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment