Comments Add Comment

लोडसेडिङ हटाउने कुलमानको दोस्रो फर्मूलाः प्राधिकरणबाटै एलइडी बल्ब बाँडिने !

810

१९ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउने अभियानलाई सुख्खा याममा पनि सफल बनाइराख्न एलइडी बल्बलाई विशेषरुपमा प्रवर्द्धन गर्ने भएको छ । प्राधिकरणले एलइडी लाइट आफैं खरिद गरेर उपभोक्तालाई वितरण गर्ने योजना ल्याएको छ ।

उभोक्तालाई साधारण सीएफएलभन्दा कम बिजुली खपत गरेर उच्चस्तरको प्रकाश दिने एलइडीको प्रयोगमा प्रोत्साहित गर्न लागेको हो । यसका लागि उपभोक्तालाई किनेर नै प्राधिकरणले एलइडी लाइट वितरण गर्ने योजना बनाएको कार्यकारी निर्देशक कुलमान घिसिङले अनलाइनखबरलाई जानकारी दिए । प्राधिकरणबाट किन्दा उपभोक्ताहरु ठगिनु नपर्ने र सुपथ मूल्यमा बल्ब पाइने घिसिङले बताए ।

उनका अनुसार एलइडी लाइटको प्रयोगले बिजुली कम खपत हुने र त्यसले बिजुलीको लोड व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

‘यो लाइटले उपभोक्ताको मासिक बिजुली खर्च पनि कम हुन्छ, राज्यलाई पनि यले निकै फाइदा पुग्छ’ घिसिङले भने,’अब एलइडी लाइट बाल्न उपभोक्ताले कञ्जुस्याँई गर्नुहुँदैन । यसका लागि आवश्यक सहयोग प्राधिकरणले गर्छ ।’

बिलमै शुल्क जोडिने

यसअघि फिलामेन्ट बल्ब विस्थापन गर्न प्राधिकरणले उपभोक्तालाई सिएफएल लाइट बचेको थियो । सो अभियानपछि सिएफल प्रयोग ह्वात्तै बढेको थियो ।

अब त्यसैगरी एलइडी बल्बमा उपभोक्तालाई आकषिर्त गर्न र यसको महत्व र विशेषताबारे बुझाउन किनेरै भए पनि एलइडी वितरण गर्ने घिसिङले बताए ।

‘वितरण गरेको एलइडी बल्बको शुल्क बिजुलीको बिलमै समावेश गर्ने योजनामा छौं । यसबाट उपभोक्तालाई पनि सहज हुन्छ’ घिसिङले भने,’यसको औपचारिक निर्णय भएपछि हामी टेण्डरमार्फत लाइट किनेर उपभोक्तालाई सहज रुपमा वितरण गर्छौं ।’

उनले सबै सचेत उपभोक्ताले यस योजनालाई साथ दिने विश्वास व्यक्त गरे । साथै एलइडीको प्रयोगसहित विभिन्न तरिकाबाट बिजुली बचतका लागि सचेतनामूलक कार्यक्रम र योजनाहरु ल्याउने पनि उनले बताए ।

‘एलइडी लाइटको प्रवर्द्धन मात्रै होइन, अब अन्य तरिकाबाट पनि बिजुलीको बचत र खर्च कटौतिका लागि उपभोक्तालाई अरु धेरैकुरा सिकाउन सकिन्छ’ घिसिङले भने, ‘अद्योगिक उपभोक्तालाई पनि हामी प्रयोग गर्ने तरिकामा परिवर्तन गरेर बिजुली बचाउन अनुरोध गर्छौं ।’

के हो एलइडी बल्ब ?

एलइडी बल्बको मुख्य विषेशता भनेकै कम बिजुली खपत गरेर पनि गतिलो प्रकाश दिनु हो । यसले ४ गुणासम्म बजिुली बचत गर्छ । १५ वाटको सिएफएलले दिने बराबरको प्रकाश ५ वाटको एलइडीले दिन्छ । यो हुनासाथ उपभोक्ताको मासिक बिजुली बिल पनि महंगो हुँदैन ।

led-bulb

बजारमा विभिन्न ब्राण्डेड र साधारण गरी दुई प्रकारका एलइडी बल्ब किन्न पाइन्छ । ब्राण्डेड बल्बमा १ वर्षको ग्यारेन्टी पाइन्छ भने साधारण बल्बमा ग्यारेन्टी हुँदैन ।

फाइबरले बन्ने एलइडी बल्ब साधारण रुपमा झर्दा पनि फुट्दैन । बजारमा ३ देखि ५० वाटसम्मका एलइडी बल्ब बजारमा सहज रुपमा उपलब्ध छन् । मूल्य पनि सीएफएल बल्बभभन्दा धेरै महंगो पर्दैन । सीएफएल भन्दा एलइडी बल्ब बढी टिकाउ पनि हुन्छ ।

एकपटक एलइडी किनेका उपभोक्ता फेरि सिएफएलमा हत्तपत्ति फर्किँदैनन्, किनभने यो निकै उपयोगी र किफायती हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment