Comments Add Comment

चन्द्रागिरी विश्वकभरकै पर्यटकको गन्तब्यः अर्थशास्त्री साच्स

jefri-d-sachsa
१९ मंसिर, काठमाडौं । कोलम्बिया विश्वविधालयका प्राध्यापक जेफ्री डी. साच्सले परिवारसहित चन्द्रागिरी हिल्सको अनौपचारिक भ्रमण गरेका छन् ।

चन्द्रागिरी हिल्स काठमाडौं आर्थिक विकास र गरिबीबिरुद्धको लडाईका ज्ञाता भनेर चिनिने अमेरिकन अर्थशास्त्री साच्सले चन्द्रागिरी हिल्सको आगन्तुक पुस्तिकामार्फत शुभकामना ब्यक्त गर्दै चन्द्रागिरीमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधारबाट आफू अत्यन्तै प्रभावित भएको उल्लेख गरे ।

यस्तो अनुपम पर्यटकीय सम्भावना भएको क्षेत्रलाई नेपाल लगायत विश्वका पर्यटकहरुको पहुँचमा ल्याउन सफल भएकोमा साच्चले कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालमार्फत सबैलाई धन्यबाद ज्ञापन गरे ।

आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै साच्सले नेपाल र नेपालीको सुख, शान्ति र समृद्विको कामना व्यक्त गरे । विश्वविख्यात हावर्ड विश्वविद्यालयमा ३० वर्ष प्राध्यापनको अनुभव संगालेका साच्स संयुक्त राष्ट्र संघ ‘सह्रशताब्दी विकास लक्ष्य’ का विशेष सल्लाहकार थिए ।

साच्सले संयुक्त राष्ट्र संघका पुर्व महासचिवद्वय कोफीअन्नान र वानकिमुनको कार्यकालमा यो जिम्मेवारी सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment