Comments Add Comment

देउवाले ओलीलाई भने ‘मिस्टर चुप’ !

sher-bahadur-Dauba-and-Kp-oli२० मंसिर, काठमाडौं । राजनीतिक दलहरूलाई सहमतिबाट अगाडि बढ्न आग्रह गर्ने उद्धेश्यले राष्ट्रपति विद्यादेवि भण्डारीले बोलाएको सर्वदलीय बैठकमा दलहरूबीच चर्काचर्की भएको छ ।

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकले विभाजित राजनीतिक दलहरूलाई सहमति कायम गरेर अगाडि बढ्न आइतबार राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई शीतल निवास बोलाएकी थिइन् ।

बैठकको सुरूमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच चर्काचर्की भएको थियो ।

ओलीले कांग्रेसले सत्ताका लागि सहमति तोडेको आरोप लगाउँदै सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव राष्ट्रको पक्षमा नरहेको बताए । ओलीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने,‘ संविधान जारी गर्नुपूर्व भएको सहमति अनुसार संविधान कार्यान्वयनमा पनि तीन दल मिल्नुपर्ने आवश्यकता थियो । सत्ताको स्वार्थमा कांग्रेसले सहमति तोड्ने काम गर्‍यो, हामीलाई नसोधी रातारात ल्याएको संविधान संशोधनप्रति ठूलो आशंका छ।यो संवैधानिक छैन त्यसैले हामीले यसलाई संसदमा प्रवेश गर्न दिन्नौ ।’

निकै आक्रम रूपमा रहेका ओलीको भनाइ लगत्तै सामुन्ने रहेका नेपाली कांग्रेसका सभापति देउवाले ओलीको आरोपको खण्डन गर्दै अहिले सरकारले ल्याएको संविधान संशोधन विधयक तत्कालिन कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरे अनुसार नै ल्याइएकाले विरोधको कुनै अर्थ नरहने बताएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

देउवाको भनाई उदृत गर्दै ती नेताले भन,‘ओलीजी आफैं हस्ताक्षर गर्ने अनि अहिले ठूलो राष्ट्रवादक कुरा गर्ने?’,  देउवाले नेपाली सीमाको रक्षा गर्ने मधेसी समुदायलाई अपमानित गर्ने गरी प्रस्तुत हुँदा देशको सद्भाव विथोल्ने भन्दै ओलीविरूद्ध खनिए। ‘देउवाले आफ्नो भनाइ राख्ने क्रममा बिचमै ओलीले यो आरोप ठीक होइन भनेपछि देउवाले मिस्टर चुपलाग्नुहोस् ठूलो कुरा गर्ने भन्दै प्रतिवाद गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment