Comments Add Comment

स्वचालित कार बनाउँदै एप्पल

google-auto-carटेक्नोलोजी कम्पनी एप्पलले पहिलोपटक आधिकारिक रुपमा घोषणा गरेको छ की ऊ स्वचालित गाडी बनाउने तयारीमा जुटिरहेको छ ।

कम्पनीका अनुसार उसले स्वचालित गाडी निर्माणमा ठूलो लगानी गरेको छ ।

एप्पलले अमेरिकी यातायात नियामक प्राधिकरणलाई एक पत्र लेखेर भनेको छ की उ, कैयन् क्षेत्रहरुमा खासगरी यातायातको क्षेत्रमा स्वचालित प्रणालीको सम्भावनालाई लिएर निकै उत्साहित छ ।

एप्पलका अनुसार स्वचालित गाडीका धेरै सामाजिक फाइदा छन् र ती सबै फाइदाको उपयोग गर्नुपर्छ ।

लमो समयदेखि एप्पलले स्वचालित गाडी बनाउन थालेको हल्ला चलिरहेको भएपनि ऊ आफैले यसको पुष्टि गरेको थिएन । तर अहिले पहिलोपटक एप्पलले स्वचालित गाडी बनाउन थालेको कुरा पुष्टि गरेको छ ।

एप्पलले हालै केही यस्ता इन्टरनेट डोमेन नाम दर्ता गराएको छ जसको सम्बन्ध गाडीहरुसँग छ । apple.car तथा apple.auto जस्ता डोमेन एप्पलले दर्ता गराएको छ ।

एप्पलले स्वचालित गाडीको परीक्षणका लागि धेरै नियम कानून नतेर्साउन पनि सरकारी निकाय समक्ष अनरोध गरेको छ ।

एप्पलले स्वचालित गाडी निर्माणको क्षेत्रमा लागेका अन्य कम्पनीहरुलाई पनि आग्रह गरेको छ की सबै कम्पनीहरुले दुर्घटनाको बारेमा सबै तथ्यांक र जानकारीहरुको साझेदारी गरुन् ता की सबै कम्पनी मिलेर अरु सुरक्षित प्रणाली बनाउन सकियोस् ।

स्मरण रहोस् गुगलले यसअघि नै स्वचालित कारको सडकमै परीक्षण गरिरहेको छ । विद्युतिय गाडी बनाउने कम्पनी टेस्लाले सबै गाडीमा स्वचालित प्रणाली जडान गर्ने बताइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment