Comments Add Comment

मान्छेले बनाए कुकुरको जस्तै अनुहार, कारण के होला ?

dogmanशौख भन्ने कुरा दुनियामा सबैभन्दा ठूलो र बलबान चिज हो भन्ने कुरा स्विकार नगरी सुखै छैन । यहीँ शौखमा कहिलेकाहीँ मानिसले आफुलाई कुकुरजस्तै बनाउँदो रहेछ ।

एकजना मानिसले कुकुरको अनुहारलाई आफ्नोे अनुहारमा लगाए ता की उनी कुकुर जस्तै देखियून् ।

ब्राजिलका रोड्रिगो ब्रागा त्यसैले दुनियाभर डगम्यान अर्थात् कुकुर मान्छे भनेर चिनिन्छन् ।  पेशाले कलाकार रहेका रोड्रिगो कुकुरलाई निकै माया गर्छन् । मानिसहरु आफ्नो अनुहारमा पनि कुकुरकै अनुहार देखुन् भन्ने उनको चाहना थियो ।

सोही चाहनालाई पूरा गर्नका लागि उनले स्थानीय अधिकारीको अनुमति लिएर एउटा बिरामी कुकुरलाई मारे । अनि उसको मुख, नाक, कान, अनुहारका रौँ तथा मारिएको कुकुरका टाउकोका अन्य चिजहरु आफ्नो अनुहार तथा टाउकोका तत् तत् क्षेत्रमा प्रत्यारोपण गरे ।

एनका यी तस्वीरहरु भाइरल बनेपछि ठूलै तरंग छायो । मानिसले सधैका लागि कुकुरको अनुहार बनाएको खबर फैलियो । तर केही दिनमै यो तथ्य पत्ता लाग्यो की त्यो वास्तविक कुरा नभएर एउटा होक्स अर्थात् हौवा थियो ।

उनले आफ्नो कलाकारिता प्रदर्शन गरेका थिए यसमा र भेटेनरी डक्टरको सहयोग लिएर कुकुरका अनुहारका अंग काट्न लगाएर आफ्नो अनुहारमा टाँसेका मात्र थिए फोटो खिचुन्जेल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment