Comments Add Comment

महिलाको यौनसुख तथा यौन आनन्दका बारेमा मौनता किन ?

man-womenमहिला अर्गेज्म अर्थात् यौन सम्पर्कका बेला महिलाले चरम सुख प्राप्त गर्ने कुरा । तपाईंले यस बरेमा पत्रपत्रिकाहरुमा नै लेखिएको कुरा धेरै सुन्नुभएको तथा पढ्नुभएको होला । तर यस विषयमा वैज्ञानिक छलफल भने निकै कममात्र भएका छन् ।
तर अब भने वैज्ञानिकहरुले चरम सुख, यसको जटिलता तथा यसको समस्यामाथि पहिलेको तुलनामा धेरै शोध अनुसन्धान गर्न सुरु गरेका छन् ।

यो कुरामा वैज्ञानिकहरुपनि सहमत छन् की महिलाहरु चरम सुख प्राप्तिको कुरालाई लिएर धेरै समस्या झेलिरहेका छन् । पुरुषको शरीरका विषयमा जति धेरै अध्ययन अनुसन्धान भएका छन् महिलाको शरीरमाथि त्यति अनुसन्धान हुन सकेको छैन ।

केल्सिटा विल्सन अमेरिकाको सनफ्रान्सिस्कोकी फेसन स्टाइलिस्ट हुन् । उनी भन्छिन्ः मलाई लाग्छ की मेरो टाँगको बीचमा केही जलिरहेको छ । चिलाएजस्तो अनुभुती भैरहेको छ । जब यौन सम्पर्क गर्छु वा टेम्पून लगाउन थाल्छु तब यस्तो लाग्छ की भित्र कुनै छुरी घुसाइरहेको छ । निकै पीडा हुन्छ । टेम्पून एक प्रकारको स्यानिटरी प्याड हो जुन रजश्वलाका बेला लगाइन्छ ।

kelista-wilson
केल्सिटा विल्सन

केल्सिटा १२ वर्षकी हुँदा देखि यस्तो हुन थालेको रहेछ । पहिलोपटक जब उनी रजश्वला भइन् र प्याड लगाउन कोसिस गरिन् तब उनको योनीमा निकै पीडा महसुस भयो । उनले लामो समयसम्म यो पीडा भोगिन् र २० वर्षकी भएपछि मात्र डाक्टरकोमा पुगिन् ।

उनको समस्या सुन्दा डाक्टर पनि अचम्ममा परे । उनी पूर्ण रुपमा स्वस्थ थिइन् । मानसिक कारणले गर्दा यस्तो दुखाई महसुस भएको हुनसक्ने अड्कल काटे डाक्टरहरुले । त्यसैले कुनै थेरापिस्टकोमा जान सुझ्याए ।

त्यसपछि उनको उक्त समस्याको हल खोज्न थप १० वर्ष लाग्यो । यो पूरै समय यौनांगको त्यो समस्याले उनको दैनिक जीवनमा ठूलो असर पार्यो । उनको सम्बन्ध मात्र टुटेन डिप्रेसनको पनि सिकार हुनुपर्यो ।

क्ैयन् डाक्टरहरुसँग भेटिसकेपछि एकदिन वाशिंटन डिसीमा उनको भेट डाक्टर एन्ड्रयू गोल्डस्टेनसँग भयो । उनी भल्भोभेजाइनल डिसअर्डर सेन्टरका निर्देशक थिए ।

गेल्डस्टेनका अनुसार क्याल्सिटाको योनीको मुखमा रहेको नशा निकै संवेदनशील थियो । सामान्य भन्दा ३० गुणा धेरै । सोही कारण केही चिजले योनीमा छुँदा पनि उनलाई धेरै पीडा हुन्थ्यो, जलन हुन्थ्यो ।

त्यसपछि सर्जरी गरेर उनको योनीको उक्त संवेदनशील नशायुक्त छालालाई हटाएपछि मात्र उनको समस्याको समाधान भयो । पहिलोपटक उनले कुनै समस्या तथा दुखाई विना नै सेक्स सम्बन्ध कायम गर्न पाइन् । केलिस्टाको यो समस्यालाई कन्जेनिटल न्यूरोप्रोलिफेरेटिभ भेस्टिबुलोनिया भनिन्छ, जुन निकै कम महिलालाई हुने समस्या हो ।

doctorन्यूयोर्ककी स्त्रीरोग विशेषज्ञ डाक्टर डेबरा कोअडीले जब यस विषयमा अध्ययन सुरु गरिन् तब पाइन् की पुरुष यौनांगको विषयमा हेर्ने, सुन्ने, बुझ्ने चिजहरु ठूलो संख्यामा उपलब्ध छन् । तर महिलाको यौनांगको विषयमा भने बजारमा घनघोर मौनता छ ।

उनले आफै पहल गरेर केही विशेषज्ञ सर्जनका साथ मिलेर एक टिम बनाइन् र अनुसन्धान सुरु गरिन् ।
अनुसन्धानट के पत्ता लाग्यो भने पेल्भिक स्नायु प्रणालीसँग जोडिएका समस्याहरु हरेक महिलामा फरक फरक हुन्छन् ।
योनी तथा भित्री यौनांगसँग जोडिएका स्नायुतन्त्र अर्थात् प्यूडेनल नर्भस सिस्टमको कुरा गर्नेहो भने यो कुनैपनि दुई महिलामा एउटै हुँदैन ।

प्युडेनल स्नायु महिलामा यौन चरम सुख प्रदान गर्ने काममा अहम रहन्छ । यसले यौनांगमा स्पर्श गर्दा, थिच्दा तथा यौनक्रिडा गर्दा उत्पन्न हुने आनन्द तथा आवेगलाई मस्तिष्कसम्म पूराउँछ ।

केअडीले अनुसन्धानमा पाइन् की महिला यौनांगका पाँच अलग अलग भाग हुन्छन् । ती हिस्सामा जो स्नायु हुन्छन् ती हरेक महिलामा फरक फरक हुन्छन् ।

ती पाँच हिस्सा हुन्ः क्लिटोरिस अर्थात् भगक्षेत्र, योनीको मुख, सर्भिक्स अर्थात गर्भाशय, मलद्धार क्षेत्र र पेरिनियम अर्थात् योनीमूखको बीचको क्षेत्र ।

कोअडी भन्छिन्,  किन कोही महिलाको भंगाकुर बढि संवेदनशील हुन्छ, कसैलाई योनीको मुख क्षेत्रमा धेरै आवेग प्राप्त हुन्छ भने कसैलाई अन्य क्षेत्रमा बढि आनन्द प्राप्त हुन्छ ? यी सबै प्रश्नको उत्तर यहीँ छ ।

कुनैपनि पत्रिकामा छापिने समाचारहरुले महिलाका यी अंग तथा यी सँग जोडिने संवेदनशीलताका बारेमा पूरा तथा सही जानकारी दिँदैनन् । सोही कारण जब यौन सल्लाहको कुरा आउँछ तब यावत् पत्रिकाहरु निकम्मा सावित हुन्छन् ।

महिलाको कामोत्तेजनासँग जोडिएको एक अर्को मिथक पनि पत्ता लगाइएको छ । अस्टिनको टेक्सास विश्वविद्यालयस्थित साइकोफिजियोलोजी प्रयोगशालामा काम गर्दागर्दै यसबारेमा पत्ता लागेको हो ।

त्यो कुनै आम प्रयोगशाला होइन र त्यहाँको प्रयोगको तरिका निकै भिन्न छ । जो मानिसहरु यसमा भाग लिन्छन् उनीहरुलाई बस्नका लागि सोफा छ र सामुन्नेमा ठूलो स्क्रिनवाला एक टेलिभिजनमा लगातार सेक्स गरिरहेका मानिसहरुको भिडियो चलिरहन्छ ।

डाक्टर सिन्डी मेस्टन छेउँकै कोठामा बसेका हुन्छन् र प्रयोगको कोठामा बसेका महिलाहरुको मुटुको धड्कन, यौनांगहरुमा रक्तप्रवाको गतिको निगरानी गरिरहेका हुन्छन् विशेष प्रविधिबाट । यसका लागि भेजाइनल फोटोप्लेथिस्मोग्राफको सहयोग लिइन्छ । यो प्याडजस्तै आकारको हुन्छ र दुइ इन्च लामो हुन्छ । यसलाई योनीभित्र हालिन्छ । यसलाई जब चलाइन्छ, यसबाट प्रकाश निस्किन्छ ।

प्रकाश कम हुने र तेज हुने क्रियाबाट योनीभित्रका नशाहरुको रक्तप्रवाह कम वा बढी भएको कुरा पत्ता लगाउन सकिन्छ । यसबाट ती महिला कहिले र कति कामोत्तेजना महसुस गरिरहेकी छिन् भन्ने पत्ता लगाउन सकिन्छ ।
यो प्रयागबाट अनौठो तथ्य पत्ता लाग्यो ।

शोधकर्ता सिन्डी मेस्टन भन्छन्ः आमरुपमा भनिन्छ की सेक्सभनदा पहिले आफुलाई शान्त राख्नुपर्छ । जसका लागि तपाइँले गहिरो स्वास लिने र छाड्ने गर्नुपर्छ, मनतातो पानीले नुहाउनुपर्छ, मिठो सगीत सुन्नुपर्छ । तर अनुसन्धानले यसभन्दा विपरित तथ्य पत्ता लगाएको छ ।

उनका अनुसार सेक्स गर्नुभन्दा पहिलो पार्टनरहरु लामो दूरी दौडिनुपर्छ वा डरलाग्दो फिल्म हेर्नुपर्छ । कमेडी फिल्म वा टिभी शो को मज्जा लिनुपर्छ ।

उनका अनुसार यदि सेक्सभनदा पहिले महिलाहरुको पेल्भिक नर्भस सिस्टमलाई सक्रिय बनाइयो भने सेक्सका दौरान महिलाको चरमसुख छिटो प्राप्त हुन्छ र चरमआनन्दको गहनता पनि बढि हुन्छ ।

एन्ड्रयू गोल्डस्टेनका अनुसार उनलाई किशोरावस्थामा सिकाइएका र जानेका कुरा सबै गलत रहेछन् । उनी भन्छन् ः म स्त्री रोग तथा प्रसूति विभागमा २० हजार घण्टासम्म बसेँ, ४५ मिनेटको प्रवचन सुनेँ । तर त्यो ४५ मिनेटमा जे भनियो त्यो पूर्णरुपमा गलत थियो ।

एनका अनुसार महिलाहरुको यौन समस्यालाई पुरुषहरुको समस्याको तुलनामा कम महत्व दिइन्छ । जुन पूर्णरुपमा दोहोरो चरित्र हो । पुरुषमा उत्तेजना सम्बन्धी समस्या तथा यौनरोग तथा यौन समस्या हुन्छन् भन्ने कुरा व्यापक रुपमा स्विकार गरिन्छ तर यस्तै समस्या महिलामा हुँदा महिलाले लान्छना बेहोर्नुपर्छ । महिलालाई दिमागी समस्या भएको आरोप लगाइन्छ ।

pain-sexशोधकर्ता मेटसनका अनुसार महिलाको कामोत्तेजनाका विषयमा अनुसन्धान गर्ने रकम जुटाउन पनि निकै समस्या पर्छ । महिलाको चरम सुखको विषयमा समाजलाई कुनै परवाह नै छैन । यस विषयमा चिकित्सकीय शोध गर्ने सम्बन्धमा विपरित माहोल छ ।

उनका अनुसार यदि तपाइँ वैवाहिक जिवनभित्र यौन सन्तुष्टिको कुरा गर्नुहुन्छ भने ठीक छ । तर यदि तपाइँ महिलाहरुको यौन सुख तथा कामोत्तेजनाको कुरा गर्नुहुन्छ भने तपाइँलाई यस विषयमा अनुसन्धान गर्न कसैले पनि आर्थिक सहयोग गर्दैन ।
एकपटक उनलाई कतै प्रवचन दिन निम्तो आएछ । तर जब उनले प्रवचन दिने विषय महिलाको यौनिकता, महिलालाई प्राप्त हुने यौन सुख रहेको कुरा थाहा भयो तब आयोजकले उनलाई दिएको निम्तो नै फिर्ता गरे ।

केलिस्टा विल्सन आफ्नो समस्याका बारेमा बताउँदै सोध्छिन्, हामी सबै यहीँ योनीबाट जन्म लिन्छौँ । तर किन कोहीपनि यसको बारेमा कुरा गर्न चाहँदैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment