Comments Add Comment

‘प्रचण्डको टाउको त के रौं हल्लाएर देखाऊ’

rc-adhikari-akhil-krantikari

२० मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्रधानमन्त्री प्रचण्डलाई एमाले कार्यकर्ताहरुले अपशब्द प्रयोग गरेको भन्दै आपत्ती जनाएको छ ।

संविधान संशोधनविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दा एमाले अखिलका नेता आरसी लामिछानेले अपशब्द प्रयोग गरेका थिए । त्यसलगत्तै युवा संघले विज्ञप्ति निकालेर युवा तथा विद्यार्थीहरुलाई मर्यादित हुन आग्रह गरेका थिए ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष रामचन्द्र अधिकारीले भने, ‘प्रचण्डको टाउको त के रौं हल्लाएर देखाऊ ।’

एमालेजनले समाजले पचाउनै नसक्ने शब्दमार्फत सामाजिक सञ्जाल र सडकबाट आफूइतरका राजनीतिक दल र नेताविरुद्ध गालीगलौज गरिरहेको भन्दै त्यसलाई नरोके ठूलो नोक्सानी व्युहोर्नुपर्ने चेतावनी दिए ।

महाकाली सन्धिमार्फत राष्ट्रघात गर्ने एमालेले पाँच नम्बर प्रदेशका केही जिल्ला चार नम्बरमा राख्न खोज्दा राष्ट्रवादी गीत गाउनु उदेक लाग्दो भएको तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment