Comments Add Comment

आफू विरुद्ध मोर्चाबन्दी भएपछि एमालेले बोलायो स्थायी कमिटी बैठक

कांग्रेस,माओवादी, मधेसी मोर्चा र भारतीय दूतावासले मोर्चाबन्दी गरेको आरोप

Uml-meet२० मंसिर, काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकले मुलुकलाई दुई पक्षमा विभाजित गरिरहेका बेला एक धु्रवको नेतृत्वकर्ता एमालेको भावी रणनीति बनाउन स्थायी कमिटी बैठक बस्दैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह स्थायी कमिटी बैठक बोलाइएको एमाले सचिव पृथ्वीसुब्बा गुरुङले बताए । बैठकले सडक र संसदको संघर्षको हालसम्मको मूल्यांकन गर्दै थप नीति बनाउने उनले बताए ।

एमाले विरुद्ध कांग्रेस,माओवादी,मधेशी मोर्चा र भारतीय दूतावासले समेत संयुक्त मोर्चाबन्दी गरेपछि भावी रणनीति बनाउन बैठक बस्न लागेको अर्का एक पदाधिकारीले बताए ।

उनले भने– अब एमालेसहित देशभक्त वामपन्थीहरु एकातिर, भारतसहित कांग्रेस माओवादी र मधेसी मोर्चा अर्कोतिर हुने परिस्थिति पैदा भयो । त्यसैले बैठकले हाम्रा रणनीति तय गर्नेछ ।

एमालेले संविधान संशोधन विधेयक दर्ता भएदेखि नै संसदमा अवरोध गरिरहेको छ भने बुटवललगायत लुम्बिनी र राप्तीका पहाडी जिल्लामा अन्य दल तथा व्यवसायीलाई समेत लिएर आन्दोलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment