Comments Add Comment

आर्थ्रोस्कोपिक सर्जनहरुको सम्मेलन काठमाडौंमा जारी

asoncon-2016

काठमाडौं । आर्थ्रोस्कोपिक सर्जनहरुको बिशेष भेला ‘आसोन-कन २०१६’ काठमाडौंमा जारी छ । काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा जारी सम्मेलनमा नेपालसहित ११ देशका ३०० जनाभन्दा बढी बिशिष्ट तथा ख्यातिप्राप्त आर्थ्रोस्कोपिक सर्जनहरुको सहभागिता छ ।

नेपाल आर्थ्रोस्कोपि संघको आयोजनामा काठमाडौंमा पहिलोपटक भइरहेको सम्मेलनले नेपालका आर्थोपेडिक सर्जनहरुलाई बिभिन्न देशबाट आएका बिशिष्ट अर्थोपेडिक सर्जनहरुबाट अनुभव, ज्ञान र सीप सिक्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनले खेलकुदका समयमा हुने चोटपटकहरुको उपचार (स्पोर्ट्स मेडिसिन)का क्षेत्रमा उल्लेख्य सुधार आउने र नेपालको स्पोर्ट्स मेडिसिनका क्षेत्रमा नयाँ आयाम थपिने नेपाल आर्थ्रोस्कोपि संघका अध्यक्ष डा. चक्रराज पाण्डेले बताए ।

आइतबार सुरु भएको सम्मेलन भोलि सकिने छ ।

सम्मेलन स्थलमा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले हेल्थ डेस्क स्थापना पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment